विश्व फुटबलका हस्ती ४० वर्षीय क्रिस्टियानो रोनाल्डो अझै एसियाको लिगमा छाएका छन्। नाम चलेका युरोपेली क्लबमा लामो समय फुटबल खेलेका उनी अहिले अल नासरका लागि आफूलाई समर्पित गरिराखेका छन् । पोर्चुगलको राष्ट्रिय टोली तथा अल नासरका लागि उनले उत्कृष्ट गोल गरिरहेका यी खेलाडीको चर्चा आजसम्म उत्तिकै छ।
भारतको लिग च्याम्पियन मोहन बगान र अल नासरकै बीचमा आसन्न एसियाली च्याम्पियन्स लिग-२ को खेल हुने सम्भावना रहेको छ। यसै सम्भावनाको अनुसार खेल जे भए पनि सत्य के हो भने सन् २००२ को १४ अगस्टमा दिन स्पोर्टिङ सिपीको बेन्चबाट उत्रेर इन्टर मिलानको विरुद्धमा मैदानमा उत्रेका एउटा युवाको २३ वर्षे व्यावसायिक जीवनमा धेरै आरोह र अवरोह आए।
यो आरोह र अवरोहको सामना उनले गरेका छन्। जस्तोसुकै बहस भए पनि दुई दशक संसारका लोकप्रिय र आकर्षक व्यक्तित्व मध्य रोनाल्डो एउटा मुख्य नाम हो। संसारका धेरै समर्थकका प्रिय खेलाडी अल नासरले साउदी प्रो लिगमा शीर्ष दुई स्थानमा पर्न नसकेपछि च्याम्पियन्स लिग गुमाउने पक्का भइसकेको छ। उनको पहिलो व्यावसायिक प्रतिद्वन्द्वी इन्टर मिलान हो भने व्यावसायिक जीवनको अन्तिम प्रतिद्वन्द्वी कुन टोली हुने होला भन्ने बहस जारी छ। यसका लागि अझ केही सिजन कुर्नुपर्ने हुसक्छ।

एसियामा रोनाल्डोको उपस्थिति
तीन वर्ष अघि एसियाली फुटबलमा प्रवेश गरेका रोनाल्डोले दुई दिन अघिको तथ्याङ्क अनुसार साउदी प्रो लिगमा खेल्ने अल नासरका लागि १११ खेलमा ९९ गोल गरेका छन्। सन् २०२३ को जनवरीमा संसारको सबै भन्दा महँगो खेलाडीको रूपमा उनी अल नासर प्रवेश गरेका थिए।

अल नासरले उनको डेब्यु खेलमा अल यत्तिफाकलाई १-० ले हराएको थियो। उनले पहिलो गोल अल फातेहविरुद्धमा गरेका थिए भने पहिलो ह्याट्रिक अल वेहादको विरुद्धमा गरेका थिए। सो खेलमा अल नासर ४-० ले विजयी भएको थियो।
गत सिजन उनी सबै भन्दा सफल भए। सो सिजन उनी ३५ गोल गर्दै साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान कायम राख्न सफल भए।
साउदी प्रो लिगमा ७७ खेलमा ७४ गोल गरेका उनले सबै प्रतियोगितामा गरेर ९९ गोल गरेका हुन्। उनले साउदी किङ कपमा ३ , साउदी सुपर कपमा २, अरब क्लब च्याम्पियन कपमा ६ तथा एएफसी च्याम्पियन्स लिगमा १४ गोल गरेका छन्।
उनले स्पोर्टिङ सिपीका लागि खेलको सुरुवात गर्दा पहिलो गोल मोराइनेसको विरुद्धमा गरेका थिए। उनी पोर्चुगलको लिगबाट सन् २००६ मा म्यानचेस्टर युनाइटेड पुगेका थिए। सो क्लबबाट उनी सन् २००९ मा रियल म्याड्रिड पुगे। सन् २०१८ मा उनी इटालियन सिरिएमा पुगेका थिए भने त्यसपछि फेरि म्यानचेस्टरमा एक सिजन बिताएपछि उनी एसियाली भूमिमा पुगेका हुन्।

पाँच पटकका बालोन डी ओर अवार्ड पाएका उनले पाँच पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेका छन्। यसैगरी, तीन पटक इङ्लिस प्रिमियर लिग, दुई पटक ला लिग तथा एक सिरिए तथा एक पटक अरब क्लब च्याम्पियनसिपको उपाधि जितेका छन्।
सन् २०१४-१५ को सिजनमा उनले सबै भन्दा धेरै गोल गरेका थिए। सो सिजनमा उनले सबै प्रतियोगितामा गरेर ६१ गोल गरेका हुन्।
युरोपमै सफल खेलाडी
रोनाल्डोले युरोपेली च्याम्पियन्स लिगमा सबै भन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। त्यो कीर्तिमान कसैले भङ्ग गर्ने सम्भावना कम देखिएको छ। उनले सबै भन्दा धेरै १४० गोल गरेका छन् भने विश्व फुटबलका अर्का महान् खेलाडी लियोनेल मेसीले १२९ गोल गरेका छन्। उनलाई रोबर्ट लेडवास्कीले पछ्याएका छन्। चौथो स्थानमा करिम बेन्जामा छन्।

एउटै क्लबका लागि धेरै च्याम्पियन्स लिग गोल गर्ने खेलाडीको सूचीमा उनले रोनाल्डो मेसी भन्दा पछि छन्। मेसीले बार्सिलोनाका लागि १२० गोल गरेका छन् भने रोनाल्डोले रियल म्याड्रिडका लागि १०५ च्याम्पियन्स लिग गोल गरेका छन्।
युरोपेली च्याम्पियन्स लिगमा अन्तिम पटक सन् २००६-७ को सिजनमा काका शीर्ष गोलकर्ता भएका थिए। ती ब्राजिलियन स्टारको प्रभाव लगत्तै अर्को वर्ष सुरु भएको मेसी -रोनाल्डो युगसँग बिलाएको थियो। सन् २००७-२००८ को बीचमा हरेक च्याम्पियन्स लिगको शीर्ष गोलकर्ता यी दुई मध्य नै एक भए। सन् २०२० मा पुगेपछि एकै पटक रोबर्ट लेडवास्की शीर्ष गोलकर्ता हुन सफल भए। एकै सिजनमा सबै भन्दा धेरै गोलको कीर्तिमान पनि रोनाल्डो कै नाममा छ। उनले सन् २०१३-१४ को सिजनमा १७ गोल गरेका थिए।

पोर्चुगलका लागि कीर्तिमान
सन् २००३ मा राष्ट्रिय टोलीमा प्रवेश पाएका रोनाल्डोले पोर्चुगलका लागि १३६ गोल गरेका छन्। उनले २१९ खेलसहित सर्वाधिक अन्तर्राष्ट्रिय खेलको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। सबै भन्दा धेरै अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक गर्ने कीर्तिमान उनको र मेसीको बराबरी छ। यी दुवैले १० ह्याट्रिक गरेका छन्।
सबै भन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने सूचीमा पनि रोनाल्डोलाई मेसीले नै पछाएका छन्। मेसीले ११२ अन्तर्राष्ट्रिय गोल गरेका छन्। इरानका अलि दाइले १०८ अन्तर्राष्ट्रिय गोल गरेका छन्। भारतका सुनिल क्षेत्री धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा चौथो स्थानमा छन्। क्षेत्रीले ९५ गोल गरेका छन्।
निराशाजनक सिजन
अल नासरका लागि अरब क्लब च्याम्पियन्स कप जित्नु बाहेक उनले अल नासरलाई भने धेरै सफलता दिलाउन सकेनन्। तथापि उनले यस सिजन क्लब छाडेर क्लब विश्व कप खेल्ने सम्भावना भने कायम छ। १ देखि १० जुनको बिचमा उनले अर्को क्लब रोजेर आसन्न क्लब विश्वकप खेल्ने बाटो पनि तय गर्नसक्ने छन्।

पोर्चुगलबाट सुरु भएर युरोपका तीन शीर्ष लिगमा सनसनी फैलाएका उनी एसियामा भने कम सफल भएको पक्को हो। उनको बाँकी खेल जीवनको भविष्य सायद १ जुन देखि १० जुनको समयले पनि तय गर्नेछ।
स्रोतः ओलम्पिक, युइएफए, स्पोर्ट्स छेडिया, अलजजिरा
प्रतिक्रिया