रियल बेटिसलाई हराउँदै चेल्सीले जित्यो कन्फरेन्स लिगको उपाधि « Khabarhub

रियल बेटिसलाई हराउँदै चेल्सीले जित्यो कन्फरेन्स लिगको उपाधि


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

पोल्यान्ड – रियल बेटिसलाई ४-१ ले हराउँदै चेल्सीले युइएफए कन्फेरेन्स लिगको उपाधि जितेको छ। पोल्यान्डको वार्समा भएको खेलको सुरुवातमा नै बेटिसले अग्रता लिएपछि चेल्सीले पराजय भोग्ने सम्भावना बढी देखिएको थियो। दोस्रो हाफमा कोल पालमरको सानदार प्रदर्शनमा चेल्सी खेलमा फर्किएको थियो।

उनले पाँच मिनेटको अन्तरमा इन्जो फर्नान्डेज र निकोलास ज्याक्सनका लागि गोलको अवसर सिर्जना गरिदिएका थिए। ६५ औँ मिनेटमा फर्नान्डेजले बराबरी गोल गरेको टोलीका लागि ७० औँ मिनेटमा ज्याक्सनले अग्रता दिलाएका थिए।

खेलको ८३ औँ मिनेटमा जार्डन सान्चोले अग्रता फराकिलो बनाएका थिए। मोइसेस साइसेडोले इन्जुरी समयका चेल्सीका लागि अन्तिम गोल गरे। खेलको नवौँ मिनेटमा एजाल जाउलीको गोलमा बेटिसले अग्रता लिएको थियो।

युरोपका पाँच क्लब प्रतियोगिताकाको उपाधि जित्ने एक्लो टिमको रूपमा कीर्तिमान राख्न चेल्सी सफल भएको छ। च्याम्पियन्स लिग, युरोपा लिग, कन्फरेन्स लिग, सुपर कप र कप विनर्स कप सबै जित्ने चेल्सी एक्लो टोली हो।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ६ : ४९ बजे

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य