अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी (तस्बिरहरू) « Khabarhub

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी (तस्बिरहरू)


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस धुमधामका साथ मनाइँदै छ ।

सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानवपाइला टेकेको दिन मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउँदै आएको छ  ।

सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए ।

नेपालमा सन् २००८ देखि मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउन थालिएको हो । सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव’ भन्ने तय गरेको छ ।

सो अवसरमा नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न संघसस्थाले विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १० : ०७ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन