सिफलबाट राजावादीको जुलुस, कमल थापा र नवराज सुवेदी नेतृत्व गर्दै (तस्बिरहरू) « Khabarhub

सिफलबाट राजावादीको जुलुस, कमल थापा र नवराज सुवेदी नेतृत्व गर्दै (तस्बिरहरू)


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गर्दै छन् ।

राजधानीकेन्द्रित आन्दोलनका क्रममा बिहीबार रत्नपार्कको शान्तिवाटिकामा हुने आन्दोलनमा ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह आन्दोलनमा सहभागी हुने बताइएको छ ।

राजावादीले रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढ्ने संयुक्त जनआन्दोलन समितिले जनाएको छ । आन्दोलनमा सहभागीलाई छातासहित उपस्थित हुन भनिएको छ । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना तथा संघीयता खारेजी नभएसम्म आन्दोलन जारी रहने राजावादी नेताहरूले दाबी गरेका छन् ।

बिहीबार सिफलबाट कमल थापा र नवराज सुवेदी नेतृत्वमा एउटा जुलुस अघि बढेको छ । उनीहरू रत्नपार्ककेन्द्रित आन्दोलनमा सहभागी हुन हिँडेका हुन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

देश जोगाउन अवस्था र व्यवस्था बदल्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताउँदै राजावादीले आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रह हुने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ४२ बजे

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत