‘सोना गुलाबी’ ढकमक्क फुलेपछि … « Khabarhub

‘सोना गुलाबी’ ढकमक्क फुलेपछि …


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाको वडा नं. ७ सतिघट्टास्थित चिया बगानभित्र फुलेका ‘सोना गुलाबी’ फूलका कारण सो स्थान पर्यटकीय स्थलमा परिणत भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट तीन किलोमिटर दक्षिण सतिघ्ट्टा चिया बगानको चार बिगाहा क्षेत्रमा रहेको एक सय वटा ‘सोना गुलाबी’ रुख फूलेर राताम्य भएको छ ।

 हरियाली चिया बगानको माझमा चौरको वरिपरि फुलेका फूलले प्राकृतिक वातावरण रोमाञ्चक बनाएको कारण पर्यटकहरुको आगमन बढेको वडाध्यक्ष प्रह्लादमणि ओली बताउँछन् । 

‘पहिले पहिले पनि यसरी नै फूल फुल्थ्यो, तर कसैले वास्ता गर्दैनथिए’ उनी भन्छन्, ‘यसपाली मानिसहरू यति धेरै ओइरिन थाले कि, हामी पनि छक्क परेका छौँ । व्यवस्थापन कसरी गर्ने भनेर हम्मे हम्मे परेको छ ।’

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ स्थित बर्नेको सडकमा फुलेका ‘गुलमोहर’ले व्यापक चर्चा पाएसँगै केही स्थानीयवासीले आफ्नो ठाउँमा पनि फूल फुलेको भनेर केही तस्बिर सामाजिक सञ्जालमा हालेपछि सतिघट्टाको ‘सोना गुलाबी’ भाइरल भएर टाढा टाढासम्मका पर्यटकलाई लोभ्याउन सफल भएको वडाध्यक्ष ओली बताउँछन् ।

जेठको पहिलो सातादेखि यस स्थानमा दिनहुँ पाँच हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको र उनीहरू फोटो र भिडियो खिचाएर रमाउने गरेका छन् । 

मानिसहरूको चहलपहल अचानक सोचेभन्दा ज्यादा बढेपछि वडा कार्यालय र स्थानीय युवाले उक्त पर्यटकीय स्थानमा फोहोरमैला राख्ने डस्टबिन र फूलका हाँगा नभाँचिदिन सूचना बोर्डहरू राखिदिएका छन् । 

सीमावर्ती क्षेत्र भएकाले यहाँ भारतको पानीटंकी, नक्सलबाडी, खोरीबारी, अधिकारी र रामधुनजोतका भारतीय बासिन्दा समेत मेची नदी तरेर दिउँसो घुम्न आउने गरेका छन् । 

घुम्नका लागि खासगरी युवायुवती धेरै आउने गरे तापनि बालबच्चा लिएर आउने अभिभावकहरूको संख्या पनि उल्लेख्य रहेको बगान नजिक घर भएका शिक्षक जीआर धितालले बताए । 

‘यहाँ एकातिर हरियाली चिया बगान छ, अर्कातिर ठूला रुखका हाँगाभरि गुलाबी रंगका फूलहरू ढकमक्क छन्,’ आदर्श माध्यमिक विद्यालयका उनी भन्छन्,’मनमोहक वातावरण भएकाले मानिसहरू घुमफिरका लागि आएका हुन् । यसलाई दिगो पर्यटकीय स्थलमा परिणत गर्न खानेपानी, सुरक्षा, सरसफाइ र बस्ने चौतारोहरूको प्रबन्ध स्थानीय सरकारले गरिदिनु पर्छ ।’ रासस

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ४७ बजे

जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण संकलन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की

अर्थसंक्षेप : नीति-कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित, नेप्से सामान्य अंकले घट्यो र ट्राफिक कारबाहीबाट राजस्व बढ्दै

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहितआगामी आर्थिक वर्षका लागि

मोहन बस्नेतको जिकिर : गगनले कांग्रेसलाई ‘हाइज्याक’ गरे, झुकेर सम्झौता गर्दिनँ

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सभापति गगनकुमार थापाले कांग्रेसलाई