गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै « Khabarhub

गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी मीना बिष्टको गोठमा गाईभैँसीको मलमुत्र निकासको राम्रो प्रबन्ध गरिएको छ । गोठ सुधार गरिएपछि गाईभैँसीमा विगतमा झैँ सङ्क्रामक रोग देखिन छाडेको छ ।

दूध उत्पादन पनि वृद्धि भएको छ । ‘पम्परागत गोठमा पशु चौपायाको मलमुत्र व्यवस्थापन नहुँदा दुर्गन्धित हुन्थ्यो’, विष्टले भनिन्, ‘गोबर र मुत्र माटोमा मिसिँदा हिलाम्मे हुन्थ्यो, अहिले पहिले जस्तो छैन ।’

गोठमा मल एकातर्फ र मुत्र ट्याङ्कीमा जम्मा हुने बनाइएको छ । गोठ सुधारका लागि तराई भूपरिधि कार्यक्रम (ताल) र सामुदायिक वन समन्वय समिति (सिएफसिसी) कञ्चनपुरले आर्थिक सहयोगसँगै दक्ष प्राविधिक व्यवस्था गरी गोठ सुधार गरिएका हुन् । 

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार गणेशपुर गाउँका पशुपालक ६५ किसानको गोठ सुधार गरिएको हो ।

‘गोठ सुधारसँगै किसानलाई घाँस, चारो खुवाउन डुँड उपलब्ध गराएका छौँ’, उनले भने,’गोठमा लामखुट्टे, झिङ्गा, मुसा र परजीवीको समस्या हट्दा पशु मात्रै नभएर किसानलाई पनि सङ्क्रामक रोगको समस्या घटेको छ ।’

उनका अनुसार सुधारिएको गोठबाट सङ्कलित गोबर किसानले खेतबारीमा प्रयोग गर्ने गरेका छन् । पशु चौपायाको मलमुत्रमा नाइट्रोजन, पोटासलगायत पूर्ति हुने भएकाले किसानहरू रासायनिक मल खरिद गर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । 

‘गोठ सुधार गर्नु भनेको संरचना बनाउनु मात्रै होइन’, सामुदायिक वन समन्वय समितिका निर्मल भट्टले भने, ‘पशुपालन व्यवसायको समग्र उत्पादनशीलता वृद्धि र दिगोपन सुधार पनि हो ।’ रासस

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : ०६ बजे

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत