मर्दी खोलामा डुबेर २ बालकको मृत्यु « Khabarhub

मर्दी खोलामा डुबेर २ बालकको मृत्यु


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ।

माछापुच्छ्रे गाउँपालिका–६ निवासी १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार बिहीबार दिउँसो करिब पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा बगेका थिए।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा खटिएको गोताखोरसहितको टोली घटनास्थलमा पुगेको थियो। टोलीले करिब २० फिट गहिराइमा डुबेका बालकहरूको खोजी गरेको थियो।

सशस्त्र प्रहरीका अनुसार विवश परियारको शव दिउँसो २:१० बजे र विशाल परियारको शव ३ बजे फेला पारिएको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले घटनाबारे जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ३६ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको