सुरक्षाकर्मीलाई गणतन्त्र दिवसको अवसरमा साहसिक पुरस्कार « Khabarhub

सुरक्षाकर्मीलाई गणतन्त्र दिवसको अवसरमा साहसिक पुरस्कार


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा विपद् साहसिक पुरस्कार वितरण गरेको छ । प्रदेश सरकारले कर्णालीका विभिन्न जिल्लामा खटेर विपद्का घटनामा खोज, उद्धार र पुनर्स्थापना कार्यमा पाँच जनालाई पुरस्कार दिइएको हो । 

विपद् साहसिक पुरस्कार पाउनेमा नेपाल प्रहरी दुई जना, नेपाली सेनाका दुई जना र सशस्त्र प्रहरीका एक जना रहेका छन् । उनीहरूलाई जनही ३० हजार नगद, खादा तथा प्रमाणपत्र दिएर सम्मान गरिएको छ । 

नेपाल प्रहरीका प्रहरी निरीक्षक धर्मेन्द्र खडकाले १७ कार्तिक २०८० मा जाजरकोट भूकम्पमा पुरिएका, घाइते भएका, मृत लासहरुको खोज, उद्धार र राहतमा उल्लेखनीय योगदान दिएकामा र हवलदार प्रेमबहादुर चुनारालाई ११ साउन २०८१ मा सुर्खेतको वीरेन्द्रनगर–१३ मा खम्ब बुढाको घर भत्किदा उनको १४ बर्षिया छोरी सुशीला बुढा च्यापिएको अवस्थामा सकुशल उद्धार गरेकोमा साहसिक पुरस्कार दिइएको हो । 

नेपाली सेनाका पिउठ विजय कोइरालालाई २५ चैत्र २०८० मा डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका–४ भवानी सामुदायिक वनमा आगलागी नियन्त्रण गर्न अदम्य साहस देखाउँदा आफै घाइते भएको (हालसम्म उपचारमा नै रहेको) र पिउठ केवल कटुवाललाई १७ कार्तिक २०८० मा जाजरको भूकम्पका कारणले जोखिम पूर्ण चट्टान व्यवस्थापनको ‘अपरेसन सिमपानी रक्षा’ कार्यमा बाह्य धनजनको क्षति हुन नदिई आफै घाइते भएका कारणले साहसिक पुरस्कार दिइएको हो ।

त्यस्तै, सशस्त्र प्रहरीका सहायक हवलदार धनबहादुर पुनलाई ३ पुष २०८१ मा सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनास्थित सिटी हल नजिकै रहेको पुलबाट भेरी नदीमा हाम फालेका व्यक्तिलाई सकुशल उद्धार गरेका कारणले साहसिक पुरस्कार दिएको हो ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ४७ बजे

टि-२० अलराउण्डर वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं – बुधबार साँझ काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको

प्रदेशको सम्भावना र समृद्धि देखाउन ‘सुदूरपश्चिम कचहरी २०८३’ हुँदै

कैलाली – सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका

प्रधानमन्त्रीलाई आफ्नै गीतले पिरोल्यो, प्रतिपक्षीले भने, ‘हामीलाई जवाफ चाहियो सरकार’

कााठमाडौं- प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा दिनभर प्रमुख प्रतिपक्षी नेपाली