प्रदेश र स्थानीय सरकारलाई एक खर्ब ४८ अर्ब समानीकरण अनुदान « Khabarhub

प्रदेश र स्थानीय सरकारलाई एक खर्ब ४८ अर्ब समानीकरण अनुदान


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि समानीकरण अनुदानतर्फ एक खर्ब ४८ अर्ब रुपैयाँ बजेट छुट्टाएको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय समानीकरणतर्फ प्रदेशलाई ६० अर्ब ६६ करोड र स्थानीय तहलाई ८८ अर्ब ९७ करोड हस्तान्तरण गर्ने बताए ।

त्यस्तै उनले सशर्त अनुदातर्फ प्रदेश सरकारका लागि ३० अर्ब ३५ करोड र स्थानीय सरकारका लागि २ खर्ब ११ अर्ब ४६ करोड बजेट वियोजन जानकारी दिए ।

त्यस्तै प्रदेश र स्थानीय तहलाई पूर्वाधार आयोजना कार्यक्रमका लागि समपुरक अनुदान क्रमश: ३ अर्ब २८ करोड र १० अर्ब ६ करोड विनियोजन गरिएको उनले बताए ।

त्यस्तै उनले विशेष अनुदानतर्फ प्रदेश सरकारका लागि ३ अर्ब २७ करोड र स्थानीय तहका लागि ९ अर्ब ७८ करोड विनियोजन गरेको जानकारी दिएका छन् ।

त्यस्तै प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाडबाँट १ खर्ब ६५ अर्व हस्तान्तरण हुने अनुमान रहेको उनले बताए ।

त्यस्तै चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान मन्त्रालयले गरेको छ । चालू आर्थिक वर्षमा राजस्व परिचालन १७ दशमल १ प्रतिशतले बृद्दि हुने अनुमान गरिएको पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ०२ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र प्रहरीको प्रयोगशालाले मात्र नभ्याएपछि

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि