सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब ९ अर्ब बजेट विनियोजन | Khabarhub Khabarhub

सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब ९ अर्ब बजेट विनियोजन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले एक खर्ब नौ अर्ब रकम विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक लगायत लक्षित वर्गको सामाजिक सुरक्षा भत्ताका लागि सो रकम विनियोजन गरेका हुन् ।

सरकारले जेष्ठ नागरिक लगायत लक्षित वर्गका लागि चालु आर्थिक वर्षमा एक खर्ब १६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा सो क्षेत्रमा एक खर्ब आठ अर्ब ८१ करोड बढी रकम खर्च गरेको थियो ।

संघीय सरकारबाट सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमसँग दोहोरो हुनेगरी प्रदेश र स्थानीय सरकारले कार्यक्रम सञ्चालन गर्न नपाइने अर्थमन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ०४ बजे

पार्टीभित्रको आत्मनिन्दा र गुटबन्दीले कांग्रेस कमजोर हुन्छ : प्रकाशशरण महत

रूपन्देही– नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति

आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका

म्याग्दे गाउँपालिकाका ६६ श्रमिक मजदुर कोषमा सूचिकृत

दमौली– जिल्लाको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको

‘खर्बपति’ ट्रम्पसँग भिडेका ‘नीलपति’ मस्क जोगिएलान् ?

शीर्ष धनाढ्यहरूको सूची र सम्पत्ति अध्यावधिक गर्ने गरेको फोर्ब्स म्यागाजिनका