पर्यटन मन्त्रालयलाई १३ अर्ब, उद्योगलाई १० अर्ब र भूमिव्यवस्थालाई ७ अर्ब बजेट « Khabarhub

पर्यटन मन्त्रालयलाई १३ अर्ब, उद्योगलाई १० अर्ब र भूमिव्यवस्थालाई ७ अर्ब बजेट


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने भएको छ ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्रिभुवन विमानस्थलमा देखिएको यात्रुको चापलाई मध्यनजर गर्दै निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने बताए ।

पोखरासहितका अन्य अन्तराष्ट्रिय विमानस्थललाई प्रभावकारी ढंगले सञ्चालन गर्ने उनले बताए ।

झापाको भद्रपुर, दाङको टरीगाँउ विमानस्थल स्तरोन्नति र सुर्खेत विमानस्थल विस्तार गर्ने उनले बताए ।

पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड बिनियोजन गरिएको बताएका छन् ।

उनले उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

नेपाली निर्यातकलाई कूल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने नीति लिइएको उनले बताए ।

लगानी बोर्डको संस्थागत विकास गर्न ७४ करोड बिनियोजन गरिएको उनको भनाइ छ । उनले कालोबजारीलाई रोक्दै उपभोक्ता अदालतलाई सबै प्रदेशमा बिस्तार गरिने जानकारी दिए ।

त्यस्तै पौडेलले आगामी आर्थिक वर्षभित्र १ सय स्थानीय तहमा भूमि बैंक संचालन गर्ने बताए । उनले कर्जा तथा निक्षेप सुरक्षणमार्फत् सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने बताए ।

समस्याग्रस्त सहकारीका बचतकर्ताको निक्षेप तथा सञ्चालकको सम्पत्ति बिक्री गरेर फिर्ता गर्ने व्यवस्था गरिएको उनले बताए । भूमिव्यवस्था मन्त्रालयका लागि ७ अर्ब ४९ करोड बिनियोजन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : १७ बजे

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र