पर्यटन मन्त्रालयलाई १३ अर्ब, उद्योगलाई १० अर्ब र भूमिव्यवस्थालाई ७ अर्ब बजेट « Khabarhub

पर्यटन मन्त्रालयलाई १३ अर्ब, उद्योगलाई १० अर्ब र भूमिव्यवस्थालाई ७ अर्ब बजेट


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने भएको छ ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्रिभुवन विमानस्थलमा देखिएको यात्रुको चापलाई मध्यनजर गर्दै निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने बताए ।

पोखरासहितका अन्य अन्तराष्ट्रिय विमानस्थललाई प्रभावकारी ढंगले सञ्चालन गर्ने उनले बताए ।

झापाको भद्रपुर, दाङको टरीगाँउ विमानस्थल स्तरोन्नति र सुर्खेत विमानस्थल विस्तार गर्ने उनले बताए ।

पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड बिनियोजन गरिएको बताएका छन् ।

उनले उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

नेपाली निर्यातकलाई कूल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने नीति लिइएको उनले बताए ।

लगानी बोर्डको संस्थागत विकास गर्न ७४ करोड बिनियोजन गरिएको उनको भनाइ छ । उनले कालोबजारीलाई रोक्दै उपभोक्ता अदालतलाई सबै प्रदेशमा बिस्तार गरिने जानकारी दिए ।

त्यस्तै पौडेलले आगामी आर्थिक वर्षभित्र १ सय स्थानीय तहमा भूमि बैंक संचालन गर्ने बताए । उनले कर्जा तथा निक्षेप सुरक्षणमार्फत् सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने बताए ।

समस्याग्रस्त सहकारीका बचतकर्ताको निक्षेप तथा सञ्चालकको सम्पत्ति बिक्री गरेर फिर्ता गर्ने व्यवस्था गरिएको उनले बताए । भूमिव्यवस्था मन्त्रालयका लागि ७ अर्ब ४९ करोड बिनियोजन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : १७ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित