शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब, स्वास्थ्यलाई ९५ अर्ब, सञ्चारलाई ७ अर्ब ७२ करोड « Khabarhub

शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब, स्वास्थ्यलाई ९५ अर्ब, सञ्चारलाई ७ अर्ब ७२ करोड


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउदै साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न पूर्वाधार बनाउने निर्माण गर्ने घोषणा गरेको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले साइबर जोखिम न्यूनीकरण गर्न त्रैमासिक रुपमा अड्भाइजरी जारी गर्ने बताए ।

उनले देशभर फोरजी सेवालाई देशभर सञ्चालन गर्ने र काठमाडौं सहित ठुला शहरमा फाइभजी सेवा सुरु गरिने जानकारी दिए ।

त्यस्तै काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण गर्ने, मध्य पहाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण गर्ने उनले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सरकारले ७ अर्ब ७२ करोड बजेट विनियोजन गरेको मन्त्री पौडेलले जानकारी दिए ।

त्यस्तै मन्त्री पौडेलले शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको जानकारी दिए। उनले विद्यालय शिक्षाको सुधारका लागि आवश्यक योजना ल्याइने बताए ।

शिक्षक र विद्यार्थी संख्याको अनुपातमा विद्यालय गाभ्ने उनले उल्लेख गरे । विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने र कुनै पनि शिक्षकको अभाव हुन नदिने उनले बताए ।

त्यस्तै अर्थमन्त्री पौडेलले स्वास्थ बीमाका लागि आगामी आर्थिक वर्षका लागि १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए ।

निरोगी नेपाल स्वास्थ्य नेपाली कार्यक्रमको घोषणा गर्दै उहाले हरेक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने बताए । स्वास्थ्य मन्त्रालयका लागि सरकारले ९५ अर्ब ८१ करोड बिनियोजन गरिएको उहाले बताए ।

पौडेलले स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : २८ बजे

रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता

बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ