शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब, स्वास्थ्यलाई ९५ अर्ब, सञ्चारलाई ७ अर्ब ७२ करोड « Khabarhub

शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब, स्वास्थ्यलाई ९५ अर्ब, सञ्चारलाई ७ अर्ब ७२ करोड


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउदै साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न पूर्वाधार बनाउने निर्माण गर्ने घोषणा गरेको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले साइबर जोखिम न्यूनीकरण गर्न त्रैमासिक रुपमा अड्भाइजरी जारी गर्ने बताए ।

उनले देशभर फोरजी सेवालाई देशभर सञ्चालन गर्ने र काठमाडौं सहित ठुला शहरमा फाइभजी सेवा सुरु गरिने जानकारी दिए ।

त्यस्तै काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण गर्ने, मध्य पहाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण गर्ने उनले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सरकारले ७ अर्ब ७२ करोड बजेट विनियोजन गरेको मन्त्री पौडेलले जानकारी दिए ।

त्यस्तै मन्त्री पौडेलले शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको जानकारी दिए। उनले विद्यालय शिक्षाको सुधारका लागि आवश्यक योजना ल्याइने बताए ।

शिक्षक र विद्यार्थी संख्याको अनुपातमा विद्यालय गाभ्ने उनले उल्लेख गरे । विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने र कुनै पनि शिक्षकको अभाव हुन नदिने उनले बताए ।

त्यस्तै अर्थमन्त्री पौडेलले स्वास्थ बीमाका लागि आगामी आर्थिक वर्षका लागि १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए ।

निरोगी नेपाल स्वास्थ्य नेपाली कार्यक्रमको घोषणा गर्दै उहाले हरेक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने बताए । स्वास्थ्य मन्त्रालयका लागि सरकारले ९५ अर्ब ८१ करोड बिनियोजन गरिएको उहाले बताए ।

पौडेलले स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : २८ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर