अर्थमन्त्रीले कुन मन्त्रालयलाई कति बजेट दिए ? « Khabarhub

बजेट २०८२/८३

अर्थमन्त्रीले कुन मन्त्रालयलाई कति बजेट दिए ?


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारका निकायहरूलाई १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्‌ ।

मन्त्रालयगत हिसाबले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सबैभन्दा बढी २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । गत वर्ष यो मन्त्रालयले २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

शिक्षापछि गृह मन्त्रालयले २ अर्ब ८ अर्ब रुपैयाँ विनियोजन अनुमान प्राप्त गरेको छ । तेस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट प्राप्त गरेको छ ।

खर्बभन्दा बढी बजेट पाउनेमा शहरी विकास मन्त्रालय पनि अटाएको छ । यो मन्त्रालयका लागि अर्थमन्त्री पौडेलले एक खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरिदिएका हुन्‌ ।

बजेटको सबैभन्दा ठूलो हिस्सा भने अर्थ मन्त्रालयले आधा दर्जन शीर्षकमा आफैँसँग राखेको छ ।

मन्त्रालयगत कुल व्यय अनुमान :

मन्त्रालयआगामी आर्थिक वर्षमा विनियोजनचालु आर्थिक वर्षमा विनियोजन
शिक्षा, विज्ञान तथा प्रविधि२ खर्ब ११ अर्ब२ खर्ब ३ अर्ब ६६ करोड
गृह२ खर्ब आठ अर्ब१ खर्ब ९९ अर्ब
भौतिक पूर्वाधार तथा यातायात१ खर्ब ५२ अर्ब१ खर्ब ५० अर्ब ५३ करोड
शहरी विकास१ खर्ब १८ अर्ब९२ अर्ब ६३ करोड
स्वास्थ्य तथा जनसंख्या९५ अर्ब ८१ करोड८६ अर्ब २४करोड
कृषि तथा पशुपन्छी५७ अर्ब ४८ करोड५६ अर्ब २९ करोड
ऊर्जा, जलस्रोत तथा सिँचाइ८६ अर्ब १ करोड५० अर्ब ७४ करोड
खानेपानी मन्त्रालय३३ अर्ब ८९ करोड२६ अर्ब ६३ करोड
वन तथा वातावरण मन्त्रालय१८ अर्ब ६१ करोड१५ अर्ब ७० करोड
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन१३ अर्ब २८ करोड११ अर्ब ९१ करोड
उद्योग, वाणिज्य तथा आपूर्ति१० अर्ब १४ करोड९ अर्ब २८ करोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षा ४ अर्ब २८ करोड८ अर्ब १० करोड
सञ्चार तथा सूचना प्रविधि७ अर्ब ७२ करोड७ अर्ब ३५ करोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण७ अर्ब ४९ करोड६ अर्ब ८२ करोड
रक्षा६२ अर्ब एक करोड५९ अर्ब ८७ करोड
परराष्ट्र७ अर्ब ८४ करोड६ अर्ब ७७ करोड
युवा तथा खेलकुद६ अर्ब ८ करोड३ अर्ब ५० करोड
महिला, बालबालिकातथा ज्येष्ठ नागरिक२ अर्ब ८ करोड१ अर्ब ६० करोड
अर्थ (अन्य बाहेक)४९ अर्ब ९० करोड२ खर्ब २२ अर्ब
कुल बजेट१९ खर्ब ६४ अर्ब ११ करोड१८ खर्ब ६० अर्ब ३० करोड

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ६ : १७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते