आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड « Khabarhub

आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको हुने भएको छ । चालु आर्थिक वर्षको भन्दा यो ५.६ प्रतिशत ठूलो बजेट हो । गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ अर्थात् ६०.१ प्रतिशत बजेट विनियोजन गरेका छन् । यसअघि बर्षमानले चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेका थिए । ओली सरकारले प्रचण्ड नेतृत्वको सरकारले भन्दा ४० अर्ब बढी चालु खर्च विनियोजन गरेको छ ।

अर्थमन्त्री पौडेलले पुँजीगत तर्थात विकास खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) बजेट विनियोजन गरेका छन् । अघिल्लो सरकारले चालु आर्थिक वर्षमा विकास खर्च ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको थियो । ओली सरकारले विकास खर्च एक अर्ब बढी विनियोजन गरेको देखिन्छ ।

त्यस्तै मन्त्री पौडेलले वित्तीय व्यवस्थापतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) विनियोजन गरेका छन् ।

उनले आगामी आर्थिक वर्षका लागि गरिएको बजेटको अनुमान चालु आर्थिक वर्षको सुरुको अनुमान भन्दा ५.६ प्रतिशतले बढी र संशोधित अनुमानभन्दा १८.२ प्रतिशतले बढी रहेको जनाएका छन् । यसले गर्दा बजेटको आकार ठूलो बन्न पुगेको छ ।

यो पनि-

यस्तो छ आगामी बजेट (पूर्णपाठ)

अर्थमन्त्रीले कुन मन्त्रालयलाई कति बजेट दिए ?

बजेट ठूलो आकारको भएकाले स्रोत जुटाउन भने चुनौतीपूर्ण हुने विज्ञहरुले औंल्याएका छन् । तर, सरकारले आगामी आर्थिक वर्षका लागि ३ करोडभन्दा कम लागतका आयोजना संघीय सरकारको तर्फबाट प्रस्ताव नगरिएको समेत अर्थमन्त्री पौडेलले बताएका छन् । उनले प्रस्तावित बजेट कार्यान्वयन गर्दा ६ प्रतिशतले आर्थिक वृद्धि हुने समेत बताएका छन् ।

राजस्व महत्वाकांक्षी, ऋणको भार बढी

आगामी आर्थिक वर्षमा १३ खर्ब राजस्व उठाउने महत्वाकांक्षी योजना अर्थमन्त्री पौडेलले अगाडि सारेका छन् । अघिल्लो सरकारले १२ खर्बको हाराहारीमा राजस्व संकलन गर्ने अनुमान गरेको थियो, तर लक्षमा पुग्ने स्थिति छैन ।

प्रचण्ड सरकारले ५२ अर्ब वैदेशिक अनुदान उठाउने अनुमान गरेको थियो । यो सरकारले करिब साढे ५३ अर्ब वैदेशिक अनुदान ल्याउने अनुमान गरेको छ ।

प्रचण्ड सरकारले २ खर्ब १७ अर्ब वैदेशिक ऋण उठाउने लक्ष लिएको थियो । अहिलेको सरकारले २ खर्ब ३३ अर्ब ६६ करोड जुटाइने बताएको छ ।

त्यस्तै, प्रचण्ड सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने बताएको थियो । अहिलेको सरकारले बजुेटमा नपुग खर्च पूर्तिका लागि ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने घोषणा गरेको छ ।

प्रचण्ड सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरे पनि सो बजेटलाई मध्यावधि समीक्षामार्फत् ९.०१ प्रतिशत कटौती गरिएको थियो ।

यो पनि-

७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाउने

निजी क्षेत्रको प्रतिक्रिया – बजेट स्वागतयोग्य छ, हाम्रा माग समेटिएका छन्

बजेटमा स्वास्थ्य क्षेत्र : सातै प्रदेशमा विशिष्टिकृत उपचारदेखि स्वास्थ्य बीमा सुधारसम्म

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी बचतकर्तालाई फिर्ता गरिने

यस्तो थियो अघिल्लो सरकारको बजेट-

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : ११ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु