अर्थमन्त्रीले विद्युतीय गाडीको कर यथावत राखेको भन्दा संसद्‍मा हाँसोको फोहरा « Khabarhub

अर्थमन्त्रीले विद्युतीय गाडीको कर यथावत राखेको भन्दा संसद्‍मा हाँसोको फोहरा


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विद्युतीय सवारी साधनको करलाई यथावत राखेको छ । विद्युतीय कारको प्रयोगलाई प्रोत्साहित गर्न भन्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर यथावत राखेका हुन् ।

‘वातावरण प्रदूषण न्यूनीकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लगाइएको सबै प्रकारका कर तथा महशुललाई यथावत राखेको छु’, उनले भने ।

पौडेलले बजेट भाषणका क्रममा विद्युतीय कारको करबारे यसरी व्याख्या गर्दा सांसद्मा हाँसोको फोहरा छुटेको थियो ।

सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेसँगै एक महिना अघिबाटै विद्युतीय गाडी आयात ह्वात्तै बढेको थियो । धेरै नाफा कमाउने योजनासहित ल्याइएका विद्युतीय गाडीको कर यथावत हुँदा व्यापारी भने जिल्लिएका छन् ।

सरकारले नयाँ बजेटमार्फत् करका दर हेरफेरको तयारी गरिरहँदा यतिबेला काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा विद्युतीय गाडीले भरिएका थिए । त्यहाँ सयौँको संख्याका विभिन्न कम्पनीका विद्युतीय गाडी भन्सार जाँचपासका लागि अहिले पनि पालो कुरिरहेका छन् ।

उत्तरतर्फ रसुवागढी, तातोपानी र दक्षिणतर्फ वीरगञ्ज नाका हुँदै धेरै गाडी भित्रिएका थिए । अन्य नाकाबाट पनि भित्रिएका यी गाडी यतिबेला भन्सार पासको प्रक्रियामा थिए ।

सरकारले बजेटमार्फत अन्त:शुल्क तथा भन्सार महसुल बढाउन सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका थिए । तर आगामी आर्थिक वर्षका लागि विद्युतीय गाडीको कर यथावत राखिएको हो ।

वैशाखमा मात्रै करिब १९ सय विद्युतीय गाडी आयात भएका थिए । अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् ।

सरकारले नयाँ बजेट प्रस्तुत गर्दा गाडीहरूमा लाग्ने भन्सार, अन्तःशुल्क र अन्य करहरूमा परिवर्तन गर्ने सम्भावना हुन्छ। यदि आगामी बजेटमा गाडीमा कर बढ्ने सम्भावना देखिए ब्यापारीहरूले त्यसअघि नै ठूलो परिमाणमा गाडी आयात गर्छन् । पुरानो (कम) कर दरमा गाडी भित्र्याएर बेच्ने उद्देश्य उनीहरूले बोकेका हुन्छन् ।

अहिले सडकमा विद्युतीय गाडीको संख्या उल्लेख्य बढेको छ । सरकारले यस्ता गाडीमा भन्सार र अन्तःशुल्क कम गरेपछि ईभी बजार चलायमान बनेको छ ।

नयाँ गाडी किन्ने मात्रै नभई अपग्रेड गर्ने वा फेर्ने ग्राहकको रोजाइमा पनि ईभी पर्न थालेको छ । बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरूले पनि धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । ईभी गाडीतर्फ नेपालमा चिनियाँ वर्चश्व छ । भारतीय कम्पनीले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ५ : ३३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर