अर्थमन्त्रीले विद्युतीय गाडीको कर यथावत राखेको भन्दा संसद्‍मा हाँसोको फोहरा « Khabarhub

अर्थमन्त्रीले विद्युतीय गाडीको कर यथावत राखेको भन्दा संसद्‍मा हाँसोको फोहरा


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विद्युतीय सवारी साधनको करलाई यथावत राखेको छ । विद्युतीय कारको प्रयोगलाई प्रोत्साहित गर्न भन्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर यथावत राखेका हुन् ।

‘वातावरण प्रदूषण न्यूनीकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लगाइएको सबै प्रकारका कर तथा महशुललाई यथावत राखेको छु’, उनले भने ।

पौडेलले बजेट भाषणका क्रममा विद्युतीय कारको करबारे यसरी व्याख्या गर्दा सांसद्मा हाँसोको फोहरा छुटेको थियो ।

सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेसँगै एक महिना अघिबाटै विद्युतीय गाडी आयात ह्वात्तै बढेको थियो । धेरै नाफा कमाउने योजनासहित ल्याइएका विद्युतीय गाडीको कर यथावत हुँदा व्यापारी भने जिल्लिएका छन् ।

सरकारले नयाँ बजेटमार्फत् करका दर हेरफेरको तयारी गरिरहँदा यतिबेला काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा विद्युतीय गाडीले भरिएका थिए । त्यहाँ सयौँको संख्याका विभिन्न कम्पनीका विद्युतीय गाडी भन्सार जाँचपासका लागि अहिले पनि पालो कुरिरहेका छन् ।

उत्तरतर्फ रसुवागढी, तातोपानी र दक्षिणतर्फ वीरगञ्ज नाका हुँदै धेरै गाडी भित्रिएका थिए । अन्य नाकाबाट पनि भित्रिएका यी गाडी यतिबेला भन्सार पासको प्रक्रियामा थिए ।

सरकारले बजेटमार्फत अन्त:शुल्क तथा भन्सार महसुल बढाउन सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका थिए । तर आगामी आर्थिक वर्षका लागि विद्युतीय गाडीको कर यथावत राखिएको हो ।

वैशाखमा मात्रै करिब १९ सय विद्युतीय गाडी आयात भएका थिए । अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् ।

सरकारले नयाँ बजेट प्रस्तुत गर्दा गाडीहरूमा लाग्ने भन्सार, अन्तःशुल्क र अन्य करहरूमा परिवर्तन गर्ने सम्भावना हुन्छ। यदि आगामी बजेटमा गाडीमा कर बढ्ने सम्भावना देखिए ब्यापारीहरूले त्यसअघि नै ठूलो परिमाणमा गाडी आयात गर्छन् । पुरानो (कम) कर दरमा गाडी भित्र्याएर बेच्ने उद्देश्य उनीहरूले बोकेका हुन्छन् ।

अहिले सडकमा विद्युतीय गाडीको संख्या उल्लेख्य बढेको छ । सरकारले यस्ता गाडीमा भन्सार र अन्तःशुल्क कम गरेपछि ईभी बजार चलायमान बनेको छ ।

नयाँ गाडी किन्ने मात्रै नभई अपग्रेड गर्ने वा फेर्ने ग्राहकको रोजाइमा पनि ईभी पर्न थालेको छ । बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरूले पनि धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । ईभी गाडीतर्फ नेपालमा चिनियाँ वर्चश्व छ । भारतीय कम्पनीले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ३३ बजे

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोगभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान