उपलब्धिको उपभोग गर्न आवश्यक « Khabarhub

उपलब्धिको उपभोग गर्न आवश्यक


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– गणतान्त्रिक व्यवस्थाको उपभोग गरी यसको फाइदा लिन आवश्यक रहेको वक्ताहरूले बताएका छन् । आज भएको प्रजातान्त्रिक विचार समाज चितवनको २६औँ साधारणसभा एवं गणतन्त्र, संविधान र वर्तमान राजनीति विषयक वैचारिक कार्यक्रममा वक्ताहरूले सो कुरा बताएका हुन् । 

नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले देशमा गणतन्त्र आएपछि धेरै कुरामा विकास भएको बताएका छन् । उनले अहिले व्यवस्थाप्रति निराशाको भ्रम छरिएको भन्दै जनतामा निराशा चिरेर आशा जगाउनुपर्ने बताएका छन् । उनले गणतन्त्र आएपछि धेरै कुरामा उपलब्धि भएको र यसको संस्थागत गर्नका लागि सबै तहबाट लाग्नुपर्ने बताए ।
 
समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले विचार समूहले दिएको विचार तथा सुझावको कार्यान्वयन नेतृत्व वर्गले गर्नुपर्ने बताए । उनले अहिलेको व्यवस्थाले नै सम्पूर्ण वर्गको हित गर्ने हुँदा अन्य व्यवस्था खोज्नु नपर्ने बताए । 

उनले लोकतन्त्र तथा गणतन्त्रको कमजोरीहरूको सुधार गरेर जानुपर्ने उल्लेख गरे । समयअनुसार समाजको आवश्यकता र अपेक्षा अनुरूप संविधानको संशोधन गरी हालको व्यवस्थालाई दिगो बनाउन पर्ने उनको भनाइ थियो ।  
 
समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिहं केसीले बौद्धिक वर्गहरूले प्रजातन्त्रको संरक्षण गर्दै गणतन्त्रलाई सशक्त बनाउन विचारलाई संस्थागत र सङ्गठित बनाएर लैजानुपर्ने बताए । उनले अहिलेको व्यवस्था खराब नभएको तर केही पात्रहरू सुध्रिन आवश्यक भएको औँल्याए ।
 
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले अग्रजहरूको विचारको अभिलेखीकरण गर्नका लागि आफूहरूले थालनी गरेको बताए । उनले अग्रजहरूको बिचार र दृष्टिकोणलाई अभिलेखीकरण गरी नयाँ पुस्ताका लागि मार्गदर्शन गर्न आवश्यक रहेको उल्लेख गरे  ।  

कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद लौडारी,  सदस्य देवीप्रसाद कँडेल, पूर्वजिल्ला अध्यक्ष हरिराज पौडेल,  नेपाल शिक्षक महासङ्घ चितवन अध्यक्ष शिवराम अधिकारी, शैक्षिक व्यक्तित्व कृष्णप्रसाद न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए  ।-रासस

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ६ : २७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको