बजेटमा स्वर्णिमको प्रतिक्रिया : सकारात्मक छ, तर नीतिगत व्यवस्था वाधक « Khabarhub

बजेटमा स्वर्णिमको प्रतिक्रिया : सकारात्मक छ, तर नीतिगत व्यवस्था वाधक


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले बजेटमा मिश्रित प्रतिक्रिया दिएका छन् । उनले बजेटमा केही सकारात्मक पहल र केही परम्परागत विषय रहेको बताएका छन् ।

उनले सरकारको खर्च गर्ने क्षमताभन्दा बजेटको आकार बढी भएको बताए । ‘तपाईँले अहिले ल्याउनुभएको बजेट उत्ताउलो भनेका छैनौ तर, १५/१६ खर्ब भन्दा बढी खर्च हुने अवस्था छैन’, उनले भने, ‘झन्डै ६ सय अर्ब ऋण लिनुपर्ने हुन्छ । प्रतिफल दिने आयोजनामा खर्च गर्न सक्यौँ भने त ठिक छ, तर, यी ठूला दलले त्यसो गर्न सक्ने अवस्था छैन ।’

अहिले जुन आर्थिक मन्दी छ, कतिपय पैसा नै खर्च नगरेर नीतिगत व्यवस्थाले पनि गर्न सकिने उनले बताए ।

करहरूमा गरिएको हेरफेरले लगानीको लागि आकर्षित गर्न सक्छ भन्ने अपेक्षा पनि भएको उनले बताए । आयोजना व्यवस्थापन, इआइए लगायतका प्रोजेक्ट म्यानेजमेन्टका कुराहरू सकारात्मक पनि छन् । तर, सरकारको बोल्ने र गर्ने काम भने फरक भएको बताए ।

‘४८ सय मेगावाट जडित क्षमता बनाउने कुरा राम्रो छ, कृषिमा त्यति सकारात्मक छैन, पर्यटनमा पनि अपेक्षित सकारात्मक आएको छैन’, उनले भने, ‘आइटीको सम्भावना बारे केही सकारात्मक कुराहरू छन् ।’

बेथितिलाई केही सच्याउने कोसिस पनि गरिएको वाग्लेले बताएका छन् ।  

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ६ : ३५ बजे

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा

एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने

काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ