सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता धनगढीमा सुरु « Khabarhub

सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता धनगढीमा सुरु


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनगढी– ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ धनगढीमा सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता चैतन्य पाठशालाको फुटसल मैदान, शिव नगरमा सञ्चालन भइरहेको छ ।

ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट र नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत टमटाले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनीहरूलाई नै प्रतियोगिताको प्रमुख आतिथ्यमा बोलाइएको थियो ।

‘चैतन्य तेक्वान्दो डोजाङ’को आयोजनामा प्रतियोगिता सेन्सर सिस्टममार्फत सञ्चालन भइरहेको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका करिब २०० भन्दा बढी खेलाडीहरूको सहभागिता छन् । 

चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले विगतमा नगर तथा जिल्ला स्तरमा सफल प्रतियोगिता आयोजना गरेको अनुभवका आधारमा यस वर्ष प्रदेशस्तरीय प्रतियोगिता ल्याइएको जानकारी दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि विष्टले वर्तमान समय तेक्वान्दो खेलमा पर्याप्त अवसर रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडीहरूलाई थप हौसला प्रदान गर्ने बताए ।  

‘हाम्रो देशमा विभिन्न स्तरका खेलाडीहरू रहेका छन्। र उनीहरूले अवसर नपाउँदा मात्रै समस्या भइरहेको छ । विद्यालय स्तरमा कार्यक्रमहरू आयोजना गर्न सकेमा खेलाडीहरूमा रहेको क्षमता प्रदर्शन हुने विश्वास उनको छ । 

पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्यलाई शिक्षा र संस्कारको सङ्गम र वेद तथा विज्ञानको संयोजनका रूपमा परिभाषित गर्दै समाजको समग्र विकासमा चैतन्यले उल्लेखनीय योगदान गरेको बताए । 

कार्यक्रममा तेक्वान्दो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका वरिष्ठ तेक्वान्दो प्रशिक्षक गोविन्द विष्ट, शेरबहादुर सिंह र मोहन प्रताप गुरुङलाई जनही १० हजार सहित दीपक विष्ट र जगत टमटाले खादा माला, सम्मान पत्र र नगदसहित सम्मान गरिएको छ । 

प्रतियोगितामा विजयी हुने टिमले  ५०,०००, दोस्रोले  ३०,००० र तेस्रोले रु २०,००० प्राप्त गर्नेछ। साथै, ‘वेस्ट फाइटर’ पुरुष तथा महिला खेलाडीलाई जनही ५,००० पुरस्कार प्रदान गरिनेछ।

चैतन्य पाठशालाले आफ्नै चैतन्य स्पोर्टस एकेडेमीको माध्यमबाट विद्यार्थीहरूलाई वृहत् खेलकुदको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।कार्यक्रमको अवसरमा राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत टमाटाले चैतन्य पाठशालाको चैतन्य स्पोर्टस  एकेडेमीलाई खेल सामग्री समेत हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : ११ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो