बजेटले विचौलियालाई गुण तिर्‍यो, नेताको भुँडी भर्ने गरि आयो : प्रभु साह « Khabarhub

बजेटले विचौलियालाई गुण तिर्‍यो, नेताको भुँडी भर्ने गरि आयो : प्रभु साह


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले बिहीबार ल्याएको बजेटले मुलुकको समस्या सम्बोधन नगर्ने दाबी गरेका छन् ।

संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । बजेट नेताहरूको भुँडी भर्ने खालको रहेको आरोप पनि उनले लगाए । बजेट वितरण पनि पूरै असमान भएको टिप्पणी उनको थियो ।

‘यो बजेट नेपाललाई उजाड एवम् जनतालाई निराश बनाउने खालको छ । हिजो हदबन्दीको सम्पत्ति राज्यको हुन्थ्यो, आज फुकुवा भयो’, उनले भने ।

साहले नेपालको पुँजी खुलेआम विदेश लैजान पाउने व्यवस्थासमेत बजेटले गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले प्राकृतिक सम्पदाको खुलेआम दोहन गर्ने बाटो खोलिदिएको भन्दै बजेटमाथि आलोचना गरे । साहले गरिव, श्रमजिवीलाई बजेटले बिर्सिएको बताउँदै वैदेशिक रोजगारमा रहेका युवालाई दुःखी तुल्याएको आरोप लगाए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : १७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले