बजेटले विचौलियालाई गुण तिर्‍यो, नेताको भुँडी भर्ने गरि आयो : प्रभु साह « Khabarhub

बजेटले विचौलियालाई गुण तिर्‍यो, नेताको भुँडी भर्ने गरि आयो : प्रभु साह


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले बिहीबार ल्याएको बजेटले मुलुकको समस्या सम्बोधन नगर्ने दाबी गरेका छन् ।

संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । बजेट नेताहरूको भुँडी भर्ने खालको रहेको आरोप पनि उनले लगाए । बजेट वितरण पनि पूरै असमान भएको टिप्पणी उनको थियो ।

‘यो बजेट नेपाललाई उजाड एवम् जनतालाई निराश बनाउने खालको छ । हिजो हदबन्दीको सम्पत्ति राज्यको हुन्थ्यो, आज फुकुवा भयो’, उनले भने ।

साहले नेपालको पुँजी खुलेआम विदेश लैजान पाउने व्यवस्थासमेत बजेटले गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले प्राकृतिक सम्पदाको खुलेआम दोहन गर्ने बाटो खोलिदिएको भन्दै बजेटमाथि आलोचना गरे । साहले गरिव, श्रमजिवीलाई बजेटले बिर्सिएको बताउँदै वैदेशिक रोजगारमा रहेका युवालाई दुःखी तुल्याएको आरोप लगाए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ७ : १७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर