रातो मच्छिन्द्रनाथको रथ यात्रामा मानवसागर (फोटो फिचर) « Khabarhub

रातो मच्छिन्द्रनाथको रथ यात्रामा मानवसागर (फोटो फिचर)


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा जारी छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएर रथयात्रामा निकालिन्छ ।

रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । बिहीबार अपरान्हदेखि रथ तान्न सुरू गरेर साँझ जावलाखेल पुर्‍याइएको हो ।

यस रथयात्राका क्रममा पाटनसहित उपत्यकाका हजारौँ बासिन्दा सहभागी भए । विशेषगरि नेवार समुदायले मनाउने यो जात्रामा अन्य समुदाय पनि सहभागी हुँदा एउटा मानवसागर नै बिहीबार ललितपुरको सडकमा देखियो ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जावलाखेल पुर्‍याएसँगै अब यही आइतबार भोटो जात्रा मनाइन्छ ।

नेपालमा मनाइने सबैभन्दा लामो जात्रा हो रातो मच्छिन्द्रनाथ । मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चतुर्थीसम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गरी सुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङ्‍मती पुर्‍याएर जात्रालाई टुंग्याइन्छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ५ : ३४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका