रातो मच्छिन्द्रनाथको रथ यात्रामा मानवसागर (फोटो फिचर) « Khabarhub

रातो मच्छिन्द्रनाथको रथ यात्रामा मानवसागर (फोटो फिचर)


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा जारी छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएर रथयात्रामा निकालिन्छ ।

रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । बिहीबार अपरान्हदेखि रथ तान्न सुरू गरेर साँझ जावलाखेल पुर्‍याइएको हो ।

यस रथयात्राका क्रममा पाटनसहित उपत्यकाका हजारौँ बासिन्दा सहभागी भए । विशेषगरि नेवार समुदायले मनाउने यो जात्रामा अन्य समुदाय पनि सहभागी हुँदा एउटा मानवसागर नै बिहीबार ललितपुरको सडकमा देखियो ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जावलाखेल पुर्‍याएसँगै अब यही आइतबार भोटो जात्रा मनाइन्छ ।

नेपालमा मनाइने सबैभन्दा लामो जात्रा हो रातो मच्छिन्द्रनाथ । मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चतुर्थीसम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गरी सुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङ्‍मती पुर्‍याएर जात्रालाई टुंग्याइन्छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ३४ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना