मानव अधिकार अभियन्तालाई रिहा गर्न माग राख्दै बलोचिस्तानमा प्रदर्शन « Khabarhub

मानव अधिकार अभियन्तालाई रिहा गर्न माग राख्दै बलोचिस्तानमा प्रदर्शन


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलोच मानव अधिकार अभियन्तालाई रिहा गर्न माग गर्दै पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेट्टामा प्रदर्शन गरिएको छ । बलोच मानव अधिकार अभियन्ता डा. महरंग बलोचलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

क्वेट्टाको शाहवानी रंगशाला नजिकै आयोजित प्रदर्शनमा हजारौँ बलोच अभियन्ताहरुको सहभागिता रहेको बलोचिस्तान पोस्टले जनाएको छ । उनीहरुले महरंग बलोच र अन्य राजनीतिक आस्थाका बन्दीहरुलाई रिहा गर्न माग गरेका थिए ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको जनाइएको छ । यस क्रममा दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका थिए । केही समयअघि डा. बलोचलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

बलोचिस्तानमा पछिल्ला केही वर्षयता गैरन्यायिक हत्या, जबरजस्ती बेपत्ता, अपहरणजस्ता घटना बढ्दै गएको बताइन्छ । पृथकतावादी गतिविधि नियन्त्रण गर्न भन्दै पाकिस्तान सरकारले सो क्षेत्रमा ठूलो सङ्ख्यामा सेना परिचालन गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ८ : ०७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया