भौतिक पूर्वाधारका आयोजनामा कांग्रेश–एमालेबीच बाँडफाँड « Khabarhub

भौतिक पूर्वाधारका आयोजनामा कांग्रेश–एमालेबीच बाँडफाँड


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधारका आयोजनामा सत्तारुढ दल कांग्रेश र एमालेबीचमा स्पष्ट बाँडफाँट गरेर बजेट विनियोजन गरेको देखिएको छ । विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेको एमाले र सहरी विकास मन्त्रालय सम्हालेको कांग्रेशबीचमा बजेट बाँडफाँट गरेको देखिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तुलनामा सानो मन्त्रालयको रूपमा रहेको सहरी विकास मन्त्रालयमा चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि २६ अर्ब ४ करोड रकम बढी विनियोजन गरिएको छ ।

विशेषगरी देशको सहरी क्षेत्रका सीमित आयोजनामा केन्द्रित रहेर काम गर्दै आएको सो मन्त्रालयमा राष्ट्रिय स्तरका ठूला सडक लगायतका आयोजना छैनन् । तर, दलगत स्रोत पहुँच स्थापित गर्ने उद्देश्यले सत्तारुढ दलले सहरी विकास मन्त्रालयको बजेट २८.१ प्रतिशतले वृद्धि गर्ने काम भएको छ ।

राष्ट्रिय गौरव लगायत देशका राजमार्ग लगायत ठूला आयोजना सञ्चालन गर्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको लागि आगामी आर्थिक वर्षमा एक खर्ब ५२ अर्ब बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा सो मन्त्रालयको लागि एक खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन गरिएको थियो ।

पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, बिपी राजमार्ग, सिद्धार्थ राजमार्ग, हुलाकी राजमार्ग, कर्णाली राजमार्ग लगायत थुप्रै राजमार्गका काम अहिले पनि अपूर्ण अवस्थामा रहेका छन् । जसको लागि प्रभावकारी निर्माण प्रक्रिया र आवश्यक बजेट नहुँदा लामो समयदेखि आम नागरिकले दुःख पाउँदै आएका छन् ।

तर, सहरी विकास मन्त्रालयअन्तर्गत प्रदेश र स्थानीय तहले गर्ने पौवा, स्टेडियम, पार्क, छोटो दुरीका सडक, झोलुंगे पुल लगायतका आयोजनाहरू राखेर दलीय स्रोत बाँडफाँट गर्ने काम भएको छ । जसले वित्तीय संघीयताको कार्यान्वयनलाई समेत स्पष्ट रूपमा अस्वीकार गर्दै चुनौती दिन खोजेको देखिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : ११ बजे

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा