आज २०८२ साल असार १५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल असार १५ गते आइतबारको राशिफल


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार १५ गते आइतबार। असार शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जुन २९ तारिख। राष्ट्रिय धान दिवस। दही चिउरा खाने दिन छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले सार्थकता पाउने छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए आम्दानी बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम छ।

वृष : दिन सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। साथीभाइसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : दिन राम्रो छ। बन्धुसँग गरेको कारोबारले फाइदा हुनेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा प्रवेश नगर्नु उचित हुन्छ। आफ्नो विरोधी आवाज सुन्नुपर्ने हुनसक्छ।

कर्कट : आज दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। सम्पत्तिको दौडमा इज्जतको ख्याल गर्नुपर्ने दिन छ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। व्यापारमा सुधारका संकेत देखिने छन्। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। परिवारको सल्लाहमा गरेको कामले सार्थकता पाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : तपाईंका लागि आजको दिन राम्रो छैन। ठुलो काम सुरु नगर्नु उचित हुन्छ। हरेक क्षेत्रमा अवरोध हुनेछ। सेवा गरेका मान्छेलाई खुशी पार्न कठिन हुनेछ। कृषि क्षेत्रको व्यापारमा भने नाफा हुने देखिन्छ।

तुला : दिन राम्रो छ। आम्दानीका स्रोतको परिचालन गर्नुपर्ने देखिन्छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्ने छ। कार्यक्षेत्रमा तपाईंको बढुवा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। श्रमको मूल्यंकन हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्ने छ।

धनु : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। लगानी गरेको भए राम्रो फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

मकर : दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। यात्रामा अवरोध सहनुपर्ने हुनसक्छ। सवारीको यात्रा गर्दा सचेत बन्नुपर्ने देखिन्छ। बौद्धिक विपक्षी भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ। परिवारको सल्लाहमा गरेको काम सफल बन्ने छ।

कुम्भ : संकटमा परिवारको साथ मिल्ने छ। रमाइलो घुमघामको तय हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्ने छ। दाम्पत्य जीवनमा तपाईंको जित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

मीन : दिन सामान्य छ। मध्य शनिदेवको पालो भएकाले टाउको र शरीर दुख्ने जोखिम छ। शिक्षाको क्षेत्रमा अल्छीपनले घाटा हुने छ। परिवारको साथमा गरेको काम सफल बन्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : ०३ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको