टेस्ट क्रिकेटमा अफ्रिकी ब्याट्सम्यान प्रोस्टिरियसको दुर्लभ कीर्तिमान « Khabarhub

टेस्ट क्रिकेटमा अफ्रिकी ब्याट्सम्यान प्रोस्टिरियसको दुर्लभ कीर्तिमान


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाका लुँगे डे प्रोस्टिरियसले दुर्लभ कीर्तिमान कायम गरेका छन्। जिम्बाबेविरुद्धको पहिलो टेस्टमा उनले १५३ रन प्रहार गर्दै दुर्लभ कीर्तिमान बनाएका हुन्। उनी टेस्ट क्रिकेटमा एक पारीमा १५० रन प्रहार गर्ने १९ वर्ष भन्दा कम उमेरका पहिलो खेलाडी भएका छन्। उनले ३०, ५४, ५५ र १२७ रनमा जीवन दान पाएका थिए। उनले १६० बलको सामना गरे।

शनिबार खेलको अन्त्य हुँदा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा ४१८ रन जोडेको छ। कोरबिन बस्कले पहिलो टेस्ट शतक प्रहार गरे। उनी १०० रनमा अविजित रहे। पहिलो टेस्ट खेलिरहेका ड्रेवाल्ड ब्रेभिस ४१ बलमा ५१ रन जोडेर आउट भए।

JPG converted with https://ezgif.com/webp-to-jpg

दक्षिण अफ्रिकाको सुरुवात भने खराब थियो। पहिलो १० ओभर जिम्बाबेका बलरले मेडन ओभर फ्याकेका थिए। टोंगा चिभिंगा छाए पछि २३ रनमा दक्षिण अफ्रिकाले तीन विकेट गुमाएको थियो। यी सबै विकेट चिभिंगा छाएका थिए। उनले कुल चार विकेट लिए। चार शीर्ष दक्षिण अफ्रिकी ब्याट्सम्यान डबल डिजिट छुन असफल भएका थिए।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ५० बजे

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज