एसीसी यु-१६: इन्डोनेसियाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए अर्धशतक « Khabarhub

एसीसी यु-१६: इन्डोनेसियाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए अर्धशतक


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालका ओपनरद्वय परिमार्जन यादव प्रसिद्ध जैसी इन्डोनेसियाविरुद्ध अर्धशतक बनाएका छन्।

यादवले २० बलमा ७ छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् भने जैसीले आठ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्। नेपालले विना क्षति १० ओभरको समाप्तिमा १३० रन बनाएको छ ।\

नेपालका ओपनर यादव २८ बलमा ७१ रन बनाएर आउट भएका छन् । १० औं ओभरको पहिलो बलमा नेपालले पहिलो विकेट गुमाएको हो । यादवले २८ बलको सामना गर्दा ८ छक्का र चार चौका हिर्काए ।

मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो।

टसमा सहभागी नेपाली कप्तान विपिन शर्मा । तस्बिरः क्यान

यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको छ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ३४ बजे

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र