एसीसी यु-१६: इन्डोनेसियाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए अर्धशतक « Khabarhub

एसीसी यु-१६: इन्डोनेसियाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए अर्धशतक


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालका ओपनरद्वय परिमार्जन यादव प्रसिद्ध जैसी इन्डोनेसियाविरुद्ध अर्धशतक बनाएका छन्।

यादवले २० बलमा ७ छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् भने जैसीले आठ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्। नेपालले विना क्षति १० ओभरको समाप्तिमा १३० रन बनाएको छ ।\

नेपालका ओपनर यादव २८ बलमा ७१ रन बनाएर आउट भएका छन् । १० औं ओभरको पहिलो बलमा नेपालले पहिलो विकेट गुमाएको हो । यादवले २८ बलको सामना गर्दा ८ छक्का र चार चौका हिर्काए ।

मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो।

टसमा सहभागी नेपाली कप्तान विपिन शर्मा । तस्बिरः क्यान

यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको छ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ३४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२