एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध रौनकले पनि बनाए अर्धशतक, ३० ओभरमा बन्यो २६८ रन « Khabarhub

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध रौनकले पनि बनाए अर्धशतक, ३० ओभरमा बन्यो २६८ रन


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालका रौनक श्रीवास्तवलेसमेत अर्धशतक पूरा गरेका छन्। ४१ बलको सामना गर्दा तीन चौका र दुई छक्काको मद्दतमा उनले ५० रन बनाएका हुन्। अहिले नेपालले ३० ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा २६८ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा भर्खरै अर्धशतक बनाएका श्रीवास्तव र शतक प्रहार गरेका प्रसिद्ध जैसी छन्। जैसीले १०३ बलको सामना गरेर १२३ रन बनाएर खेलिरहेका छन् भने श्रीवास्तवले ५२ बलमा ५७ रन बनाएका छन्।

इन्डोनेसियाविरुद्ध आठ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका जैसीले ७० बलको सामना गर्दा १५ चौका र एक छक्काको मद्दतमा १०४ रन जोड्दै शानदार शतक हिर्काएका हुन्।

यसअघि नेपालका लागि अर्का ओपनर परिमार्जन यादवले २० बलमा ७ छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे। उनी २८ बलमा ७१ रन बनाएर आउट भए।

मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो।

यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको छ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १० : ०० बजे

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा