नेपाली कहिले धेरै भात खान्छन्, कहिले कम ! « Khabarhub

सन्दर्भ : राष्ट्रिय धान दिवस

नेपाली कहिले धेरै भात खान्छन्, कहिले कम !



काठमाडौँ – धान नेपालीको प्रमुख खाद्यबाली हो । आन्तरिक उत्पादनले नथेग्ने भएपछि नेपालले वर्षेनी अर्बौँ रुपैयाँ बराबरको धानचामल आयात गर्ने गर्छ ।

राज्यको औपचारिक तथ्याङ्क विश्लेषण गर्दा नेपालीको भात खाने तरिका अचम्मको देखिन्छ । नेपालीले कुनै वर्ष निकै धेरै भात खान्छन् त कुनै वर्ष निकै कम !

भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्याङ्क केलाउँदा नेपालमा धानचामल आयातको अवस्था निकै उतारचढावयुक्त छ । कुनै वर्ष नेपालमा निकै धेरै परिमाणमा धानचामल आयात भएको छ भने कुनै वर्षमा निकै कममात्रै भित्रिएको छ ।

धानचामल व्यापारमा कालो बजारी र भन्सार छलीलाई बिर्सँदा, विभागको तथ्याङ्कले नेपालीको भात खाने प्रवृत्ति निकै अस्थिर भएको देखाउँछ ।

आर्थिक वर्ष ०७७/७८ मा नेपालमा बीउसहित जम्मा ४० लाख ११ हजार ४८० रुपैयाँ बराबरको धान आयात भएको थियो । जब कि अर्को वर्ष ०७८/७९ मा त्यसको चार गुणा भन्दा पनि बढी एक करोड ६९ लाख ९० हजार ७२७ रुपैयाँ बराबरको धान आयात भयो ।

विभागकै तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७७/७८ मा नेपालमा २७ अर्ब २६ करोड ४० लाख ८९ हजार रुपैयाँ बराबरको चामल आयात भएकोमा ०७८/७९ मा जम्मा झण्डै पौने दुई अर्ब बढी अर्थात् २९ अर्ब चार करोड ६४ लाख ६२ हजार रुपैयाँ बराबरको चामल आयात भएको थियो ।

जबकि कृषि मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७७/७८ को तुलनामा ०७८/७९ मा नेपालमा झण्डै पाँच लाख मेट्रिक टन अर्थात् चार लाख ९१ हजार ८७ मेट्रिक टन धान उत्पादन कम भएको थियो ।

त्यस्तै, पछिल्ला आर्थिक वर्षहरूको भन्सार विभागको तथ्याङ्क हेर्दा पनि आर्थिक वर्ष ०७८/७९ को तुलनामा ०७९/८० मा धानको आयातमा तीन अर्ब ७६ करोड ७९ हजार रुपैयाँले बढेकोमा चामलको आयात भने १३ अर्ब ४१ करोड ९७ लाख ४३ हजार रुपैयाँले घट्न पुगेको छ ।

ज्ब कि कृषि मन्त्रालयको तथ्याङ्कअनुुसार आर्थिक वर्ष ०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० मा साढे तीन लाख मेट्रिक टन मात्रै बढी धान उत्पादन भएको छ ।

पछिल्लो पाँच वर्षमा नेपालमा धान आयात (बीउसहित) :

आर्थिक वर्षआयात मूल्य (रु. हजारमा)
०७७/७८४०,११,४८०
०७८/७९१,६९,९०,७२७
०७९/८०२,०७,५०,८०६
०८०/८११,२९,४१,०८८
०८१/८२ (जेठसम्म)२,११,५७,१५६

पछिल्लो पाँच वर्षमा नेपालमा चामलको आयात (कनिका र चिउरा बाहेक) :

आर्थिक वर्षआयात मूल्य (रु. हजारमा)
०७७/७८२,७२,६४,०९८
०७८/७९२,९०,४६,४६२
०७९/८०१,५६,२६,७१९
०८०/८१९२,८८,८१४
०८१/८२ (जेठसम्म)१,७५,०५,१२२

धान खेतीको क्षेत्रफल घट्दो क्रममा

नेपालमा पछिल्ला वर्षहरूमा निरन्तर धानखेती गर्ने क्षेत्रफल घट्दै गएको छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा धानखेती गरिने क्षेत्रफल ५२ हजार ८३८ हेक्टरले घटिसकेको हो ।

धानखेती गरिने क्षेत्रफल घटे पनि धानको उत्पादकत्व भने नघटेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०७७/७८ मा नेपालमा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धानखेती गर्दा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो ।

जब कि आर्थिक वर्ष ०८१/८२ मा धान खेती गर्ने क्षेत्रफल घटेर १४ लाख २० हजार ६३६ हेक्टरमा आइपुग्दा धान उत्पादन भने ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन पुगेको छ ।

पछिल्लो पाँच वर्षमा नेपालमा धान उत्पादनको अवस्था :

आर्थिक वर्षउत्पादन परिमाण (मेट्रिक टन)क्षेत्रफल (हेक्टर)
०७७/७८५६,२१,७१०१४,७३,४७४
०७८/७९५१,३०,६२३१४,७७,३७८
०७९/८०५४,८६,४७२१४,४७,७८९
०८०/८१५७,२४,२३४१४,३८,९८९
०८१/८२५९,५५,४७६१४,२०,६३६

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : २२ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई