प्रतिनिधिसभा : सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ « Khabarhub

प्रतिनिधिसभा : सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सरकार संसद्प्रति जबाफदेही हुनुपर्नेमा जोड दिएका छन् । 

बैठकमा समय माग गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले भने, ‘हामी सांसदहरूले सदनमा शून्य, विशेष समयमा जनताका सवाल उठाउने गर्छौँ, तर सरकारले संसद्मा उठेका विषयवस्तुको जवाफ दिएको छैन, मैले हुलाकी सडकको दूराअवस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराएको थिएँ, तर सरकारले गम्भीरतापूर्वक लिएको छैन ।’

नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले गुल्मीको रुरुबाट सदरमुकाम तम्घास जाने सडक नीतिगत निर्णय अभावका कारण निर्माण हुन नसकेको बताए । ‘उक्त सडक जोखिमपूर्ण छ । वर्षात्को समयमा पहाड खस्ने अवस्था छ, गुल्मीका विभिन्न ठाउँमा पुल निर्माण नहुँदा बाढी पहिराको समस्या बढिरहेको छ, यो बारेमा सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भने । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले भने, ‘सिरहा जिल्लाका युवा अजय महरा हिजो बिहान मृत फेला परेका छन्, उनको हत्यारालाई पत्ता लगाउने काम सरकारको हो, अविलम्ब अनुसन्धान गरी हत्यारालाई कारबाहीको दायरामा ल्याउन म सरकारसमक्ष माग गर्दछु ।’

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : ३७ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू