प्रतिनिधिसभा : सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ « Khabarhub

प्रतिनिधिसभा : सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सरकार संसद्प्रति जबाफदेही हुनुपर्नेमा जोड दिएका छन् । 

बैठकमा समय माग गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले भने, ‘हामी सांसदहरूले सदनमा शून्य, विशेष समयमा जनताका सवाल उठाउने गर्छौँ, तर सरकारले संसद्मा उठेका विषयवस्तुको जवाफ दिएको छैन, मैले हुलाकी सडकको दूराअवस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराएको थिएँ, तर सरकारले गम्भीरतापूर्वक लिएको छैन ।’

नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले गुल्मीको रुरुबाट सदरमुकाम तम्घास जाने सडक नीतिगत निर्णय अभावका कारण निर्माण हुन नसकेको बताए । ‘उक्त सडक जोखिमपूर्ण छ । वर्षात्को समयमा पहाड खस्ने अवस्था छ, गुल्मीका विभिन्न ठाउँमा पुल निर्माण नहुँदा बाढी पहिराको समस्या बढिरहेको छ, यो बारेमा सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भने । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले भने, ‘सिरहा जिल्लाका युवा अजय महरा हिजो बिहान मृत फेला परेका छन्, उनको हत्यारालाई पत्ता लगाउने काम सरकारको हो, अविलम्ब अनुसन्धान गरी हत्यारालाई कारबाहीको दायरामा ल्याउन म सरकारसमक्ष माग गर्दछु ।’

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : ३७ बजे

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन