‘काँटा लगा’ मोडल शेफालीको अन्त्येष्टि गरियो, पोस्टमार्टम रिपोर्ट आउन बाँकी « Khabarhub

‘काँटा लगा’ मोडल शेफालीको अन्त्येष्टि गरियो, पोस्टमार्टम रिपोर्ट आउन बाँकी


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खान र अक्षय कुमार अभिनीत फिल्म ‘मुझ्से सादी करोगी’को आइटम गीत ‘काटा लगा’की मोडल शेफाली जरिवालाको पोस्टमार्टम रिपोर्ट अझै आएको छैन ।

मुम्बईको अन्धेरीस्थित आफ्नै घरमा शुक्रबार शेफाली अचेत अवस्थामा फेला परेकी थिइन् । परिवारले अस्पताल पुर्‍याउँदा उनले प्राण छोडिसकेको चिकित्सकहरूले बताएका थिए ।

परिवारले शनिबार उनको अन्त्येष्टिसमेत गरेको छ । उनको मृत्युको कारणबारे विभिन्न दाबीहरू सार्वजनिक भएको छन् । यद्यपि पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।

बलिउड हंगामाले उल्लेख गरेका अनुसार आफूले नियमित लिँदै आएको औषधि सेवन गरेपछि शेफालीले असहज महशुस गरेकी थिइन् । त्यसपछि उनलाई श्रीमान्ले नजिकको अस्पताल लगेका हुन् ।

शेफालीले निधनको दिन दिउँसो एक इन्जेक्सन लिएको प्रहरीले अनुसन्धानबाट खुलेको छ । उनले ‘एन्टी एजिङ’ अर्थात् बुढ्यौली देख्नबाट रोक्ने एन्जेक्सन लिएको खुलेको हो ।

राति नियमित औषधि सेवन गरेपछि उनीमा रक्तचाप घट्ने समस्या देखिएको प्रहरीले बताएको छ । प्रहरीले उनको साथबाट विभिन्न औषधि फेला पारेको छ । प्रहरीले गोपनीयताका कारण ती औषधिहरू सार्वजनिक गर्न मानेको छैन ।

यद्यपि यो घटनामा कुनै शङ्कास्पद तथ्यहरू नदेखिएको प्रहरीले बताएको छ ।

कुपर अस्पतालमा उनको पोस्टमार्टम भएको हो । त्यहाँबाट रिपोर्ट आएपछि मात्रै उनको मृत्युको कारण सार्वजनिक गर्न सकिने प्रहरीले बताएको छ ।

शेफालीको ४२ वर्षको उमेरमा निधन भएको हो । उनी ‘बिग बोस सिजन १३’ को प्रतिस्पर्धीसमेत थिइन् । उनी गीत ‘काटा लगा’बाटै चर्चामा आएकी हुन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ०५ बजे

मुक्तिनाथ मन्दिरको दर्शन गरे मोक्ष मिल्ने जनविश्वास (तस्बिरहरू)

काठमाडौं– मुस्ताङ जिल्लामा समुद्र सतहदेखि ३,७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धादिङ– धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे