सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ ।

आज पहिलो दिनको छलफलमा भाग लिने सत्तापक्षका प्रदेशसभा सदस्यहरुले दलालमार्फत योजना आउने प्रवृत्ति रोक्न नसक्नु चिन्ताको विषय भएकाले यस्तो प्रवृत्ति रोक्न विशेष पहल गर्नुपर्ने, योजनाहरुको प्राथमिकीकरणमा भएका कमीकमजोरी सच्याउनुपर्ने, नीति कार्यक्रमबमोजिम बजेट समावेशी र सन्तुलित ढङ्गको नभएको, नेताका योजना परे पनि जनताका योजना नपरेकाले सच्याउनुपर्ने माग गरे।

प्रतिपक्षी दलका सदस्यहरुले अनावश्यक ठाउँमा बजेट विनियोजन गरिएको, वित्तीय हस्तान्तरण गर्दा कतिपय पालिकालाई विभेद गरिएकाले सच्याउनुपर्ने र बजेट विनियोजन गर्दा भएका अनियमित कामको छानबिनका लागि छानबिन समिति गठन गर्न माग गरे ।

सत्तापक्ष नेपाली कांग्रेसका विक्रमसिंह धामी, रक्षा महरा, नेकपा (एमाले) का सन्तोषी शर्मा थापा, जानकी ऐर बम, दमनबहादुर भण्डारी र नागरिक उन्मुक्ति पार्टीका खुशिराम डगौराथारूले छलफलमा भाग लिएका थिए ।

यसैगरी, प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का मानबहादुर धामी, गीतादेवी माल र नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले छलफलमा भाग लिएका थिए ।

यसअघि बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । प्रदेश सरकारले यही असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : २६ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक