मधेसमा पानीको हाहाकार, टोलटोलमा ट्यांकरबाट बाँडिदै (तस्बिरहरू) « Khabarhub

मधेसमा पानीको हाहाकार, टोलटोलमा ट्यांकरबाट बाँडिदै (तस्बिरहरू)


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानी अभाव पनि उत्तिकै छ । तराईमा पानीका स्रोत भनेका कुवा, इनार र चापाकल हुन् । यी तीनवटै परम्परागत प्रणाली बेकामे बन्दा पानी सङ्कट चुलिएको हो ।

खानेपानीको सङ्कट टार्न स्थानीय र प्रदेश सरकारले दमकल र ट्याङ्करबाट बस्तीबस्तीमा पानी बाँड्न थाले पनि त्यो त्यति प्रभावकारी भएको छैन ।

जसमध्ये महोत्तरी जिल्लाका विभिन्न नगरपालिकाका गाउँहरूमा खानेपानीको चरम अभाव देखिएको छ । जिल्लाको मनराशिसवा नगरपालिकामा रहेका दश वटा वडाका स्थानीयले अहिले खानेपानीको सङ्कट भोगिरहेका छन् ।

उक्त नगरपालिकाको वडा नम्बर १ मा अवस्थित चौरिया टोलका सबै चापाकल, इनार, कुवा सुक्दा स्थानीयहरू नगरपालिकाले वितरण गरेको ट्याङ्करको पानीको भरमा दैनिकी चलाउनु परेको स्थानीय राम प्रवेश महराले बताए । चापाकलमा पानी आउँदैन पानी पिउन खाना पकाउन पालिकाले बाँडेको पानीमा भर पर्नु परेको उनले सुनाए ।

कहिलेकाँही त पानी ल्याउने ट्याङ्कर रातिको ११–१२ बजे तिर आउँछ, फेरि त्यति बेला उठेर पानी भर्न पर्छ स्थानीय गगनदेव यादवले सुनाए ।

सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको जनता माध्यमिक विद्यालय क्षेत्र भित्रको डिपबोरिङ स्थानीयको लागि खुल्ला गरिँदा स्थानीयले केही राहत महसुस गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ११ : १३ बजे

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च