कागती बिक्री नहुँदा किसान समस्यामा « Khabarhub

कागती बिक्री नहुँदा किसान समस्यामा


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

घोराही–  यहाँका  किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए । उनले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आएका छन् । 

भारतीय कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ । उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।’

पछिल्लो समय एक क्विन्टल कागती बारीमै कुहिएर खेर गएको उनको भनाइ छ । उमेरले २५ वर्ष पुगेका किसान अधिकारीको बारीमा एक सय ५० कागतीका बोट छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा बिक्रीमा समस्या भनेर राखेपछि काठमाडौंबाट माग आएकाले चार सय ९७ केजी उधारोमा पठाएको उनको भनाइ छ । ८० रुपैयाँका दरले पठाएको उनी बताउँछन् । 

आफ्नै गाउँठाउँमा व्यावसायिक रूपमा कागतीखेती गर्दै आएका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो व्यवसायमा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।’

उनले एक बिघा जग्गामा व्यावसायिक रूपमा कागतीको खेती गर्दै आएका छन् । किसान अधिकारीले यसबाट वार्षिक रूपमा दुई लाख ५० हजार रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् । उनले कागतीसँगै आँप, लिची, अमलालगायतको पनि खेती गर्दै आएको छन् । 

सुरुमा उनका तीन दाजुभाइ मिलेर कागतीखेती गरेका थिए । दाजु विक्रम अधिकारी भने हाल वैदेशिक रोजगारमा छन्भने भाइ जीवनले उनलाई सहयोग गर्दै आएका छन् । यसका कारण व्यावसायिक रूपमा कागती खेतीलाई निरन्तरता दिन केही सहज भएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १२ : १३ बजे

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली