सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ : प्रचण्ड « Khabarhub

सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ : प्रचण्ड


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । 

माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा ‘सामाजिक न्याय, समावेशिता र सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयमा आज यहाँ आयोजित छलफलमा उनले सामाजिक संघसंस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड दिँदै बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक भएको बताए । 

अध्यक्ष दाहालले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न सङ्घसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी भएको बताए । 

उनले भने, ‘जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्‍यो र सामाजिक सङ्घसंस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णयअनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ ।’

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार माओवादी केन्द्रले अगाडि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अरु पार्टीको सोचभन्दा फरक रहेको उल्लेख गर्दै, उक्त सोचलाई तलसम्म बुझाएर माओवादी पार्टी फरक हो भन्ने स्थापित गर्न आवश्यक भएको उनले बताए । 
 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १२ : २२ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण