उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या : मन्त्री पौडेल « Khabarhub

उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या : मन्त्री पौडेल


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या भएको गुनासो गरेका छन् ।  

मंगलबार ललितपुरमा मन्त्रालयले आयोजना गरेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा पौडेलले स्वास्थ्यकर्मीहरूलाई उपत्यका बाहिर सरुवा गर्दा रमाना नै नबुझ्ने गरेको गुनासो गरे ।

उपत्यका बाहिर रहेका संघीय, प्रदेशीक लगायतका स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने उपलब्ध गराउन नसकिएको उनले बताए ।

मन्त्री पौडेलले अहिले उपत्यकामा आवश्यकताको करिब ७५ प्रतिशत र उपत्यका बाहिर करिब ३३ प्रतिशत मात्रै स्वास्थ्य जनशक्ति रहेको जानकारी दिए । अहिले स्वास्थ्य मन्त्रालयमा जम्मा स्वास्थ्यकर्मीहरूको संख्या २६ सय रहेको र उपत्यका बाहिर आवश्यकताको एकतिहाई जनशक्ति समेत नरहेको उनले बताए ।

पौडेलले सबै स्थानमा आवश्यकता अनुसार जनशक्ति राख्न सकिए सोही स्थानमा हुने बिपद्मा तत्काल स्वास्थ्य सहयोग गर्न सहज हुने धारणा राखे ।  

उनले स्वास्थ्य क्षेत्रमा लगानी निकै कम रहेको समेत बताए । स्वास्थ्य संस्थालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिए संकट व्यवस्थापनमा ठूलो सहयोग पुराउन सकिने उनको भनाइ छ । 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  २ : १७ बजे

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको