भूमिमन्त्रीले भने- गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेक अरूमा प्रयोग गरे स्वतः सरकारको हुन्छ | Khabarhub Khabarhub

भूमिमन्त्रीले भने- गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेक अरूमा प्रयोग गरे स्वतः सरकारको हुन्छ


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रूपमा प्रयोग गरे स्वतः सरकारको हुने बताएका छन् ।  

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा मन्त्री अधिकारीले गिरीबन्धु टी–‍इस्टेट चिया बगानकालागि लिएको जग्गा भएकाले अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने बताए । 

प्रयोजनबाहेकको काममा गिरीबन्धु टी–‍इस्टेटको जग्गा प्रयोग गरे हदभित्रको बाहेकको जग्गा सरकारको हुने उनले बताए ।

मन्त्री अधिकारीले तराईमा १० बिगाहा जमिन व्यक्तिले राख्न पाउने व्यवस्था रहेको जानकारी दिए । उनले भूमिहीनको पहिचान तथा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको र त्यसअनुसार नै जग्गा वितरण हुने स्पष्ट पारे । 

भूमिहीन दलित तथा सुकुम्वासीको वर्गीकरण भएको पालिकामा मात्र जग्गा वितरण प्रक्रिया अगाडि बढाइने उनले बताए । 

विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरूले बिचौलियालाई नभई वास्तविक जनताको समस्या समाधान हुने गरी विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए । 

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ९९ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ४ : ४८ बजे

माइभगवती रङ्गशाला : बजेट अभावमा निर्माण ठप्प

फिक्कल– इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’

रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र

अमेरिकी प्रष्टिकरण : भारतमाथिको प्रतिबन्ध रूसलाई दबाब बढाएर युद्ध रोक्न

नयाँदिल्ली- अमेरिकाले भारतमाथि लगाइएको प्रतिबन्धले रसियालाई युक्रेन युद्ध रोक्न दबाब

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे

कीर्तिपुर– पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म