प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको तेस्रो चरणको उद्घाटन « Khabarhub

प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको तेस्रो चरणको उद्घाटन


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको उद्घाटन गरेका छन् । 

थप १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधासहितको आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरमा विद्युत् उत्पादन भएर ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम शुरू भएका छन् ।  

आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्ने आशा छ । 

प्रधानमन्त्री ओलीले आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको बताए । ओलीले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षामा सहज हुने विश्वास व्यक्त गरे ।

१ सय २० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरू भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएकोमा प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरे । ‘स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा भएको हो, यो हामी सबैको सफलता हो, ओलीले, ‘भने ।

राष्ट्रिय गौरवका सिँचाइ आयोजना–सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजना–यथाशीघ्र सम्पन्न गर्नसमेत ओलीले निर्देशन दिए । रानी जमरा कुलरिया नेपाल सरकारकै प्राथमिकताको आयोजना र समृद्ध नेपाल निर्माणको जगका रूपमा हेरिएको छ । 

कृषि उत्पादनमा कायापलट हुने विश्वास गरिएको छ । भने स्थानीय किसानहरूले आयोजना सञ्चालन पछिको सहजतामा खुसी व्यक्त गरेका छन् । आकाशे पानीको भरमा गर्ने कृषि खेती प्रणालीको अन्त्य गरिदिएकोमा खुसी व्यक्त गरेका छन् । ओली उद्घाटनका लागि हेलिकप्टर मार्फत कैलाली आइपुगेका थिए । 

उनले कर्णाली पुलसम्मै पुगेर आयोजना स्थलको अवलोकन र आयोजनाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री सरिक कार्यक्रममा प्रदेश सरकारका मुख्य मन्त्री कमलबहादुर शाहसहित मन्त्री, सांसद र नेता कार्यकर्ता, किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : ४७ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई