ओली भन्छन्- अब दार्जीलिङको होइन, जनकपुरको रेल भन्दै नाच्नू « Khabarhub

ओली भन्छन्- अब दार्जीलिङको होइन, जनकपुरको रेल भन्दै नाच्नू


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार काम गर्नका लागि बनेको बताएका छन् ।

कैलालीको जानकी गाउँपालिका-९ कटासेस्थित रानी जमरा कुलरिया आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको मंगलबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो सरकार बनेको सरकार बनाउनका लागि होइन । यो देशमा स्थिरता स्थायित्व र विकासका लागि बनको हो । जनतालाई सेवा सुशासन दिन र भ्रष्टाचार नियन्त्रण गर्न यो सरकार बनेको हो’, उनले भने, ‘हामी काम गर्दैछौँ, विकास गर्दैछौँ । हामी देश बनाउन लागिरहेका छौँ ।’

ओलीले परम्परागत शैलीमा आफूले कसैलाई भ्रष्टाचार गर्न नदिने बताए । ‘म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । लुकिचोरी भ्रष्टाचार गरेको थाहा पाए, त्यो मान्छे जेल जान्छ’, उनले अगाडि भने ।

आफूले रेल र पानीजहाजका कुरा गर्दा उडाउनेहरूलाई परिणाम देखाउने उनले बताए । जनकपुरमा रेल आइसकेकाले अब दार्जीलिङको रेल भनेर गीत गाउन जरूरी नभएको पनि उनले बताए ।

‘हामीले रेल र पानी जहाज चलाउँछौँ भन्दा हावा कुरा भनेर उडाउँछन् । अहिले पनि दार्जीलिङको रेल भन्दै उफ्रिन्छन् । अब दार्जीलिङको रेल होइन, जनकपुरको रेल भनेर नाच्नू’, उनले भने, ‘अब हामी पानी जहाज चलाएर कोशी, गण्डकी र कर्णालीबाट गंगामा पुग्न सकिन्छ । गंगाबाट हामी कोलकाता पुगेर समुद्रसम्म जोडिन सक्छौँ ।’

उनले नेपालमा अझै २५ लाख हेक्टर सिँचाइयोग्य जमिन रहेको बताए । ‘अझै १० लाख हेक्टरमा सिँचाइ पुर्‍याउने कोसिस जारी छ’, उनले भने, ‘अहिले बाह्रै महिना ५ लाख हेक्टरमा सिँचाइ पुग्छ । मैले सुनकोशी मरिन डाइभर्सन आयोजना सुरू गरेको थिएँ तर सरकार तलमाथि हुँदा ढिला भएको थियो । अब त्यो आयोजना बनेर मधेशमा डेढ लाख बिघामा सिँचाइ पुग्नेछ ।’

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : ०० बजे

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर