जनार्दनको प्रस्ताव : दुई बुँदे सहमतिले गिरेको माओवादीको साख उठाउन आत्मसमीक्षा गरौँ | Khabarhub Khabarhub

जनार्दनको प्रस्ताव : दुई बुँदे सहमतिले गिरेको माओवादीको साख उठाउन आत्मसमीक्षा गरौँ

माओवादीको विशेष महाधिवेशन गर्नुपर्ने माग


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई लाइन संघर्ष चर्काइरहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले चार बुँदे माग सार्वजनिक गरेका छन् ।

शर्माले पार्टीको विशेष महाधिवेशनको माग गर्दै विभिन्न ४ वटा प्रस्ताव गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् ती प्रस्ताव गर्दै पार्टी फुट्छ भन्ने प्रचार माथिल्लो तहबाटै भएकोमा आपत्ति जनाएका छन् । उनले त्यस हल्लाको पछि नलाग्न पनि कार्यकर्तालाई आग्रह गरेका छन्।

जनार्दनका प्रस्ताव

१. विगत दुई वर्षदेखि माथिल्ल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु।

२. गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठक पश्चात केन्द्रिय समितिको बैठकमा भएको बहस र निर्णयअनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विषेश महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गरौँ। जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।

३. पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमतिपश्चात् गिरेको पार्टीको साखलाई पुन: माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हौँ।

४. यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन्। यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनर्रसंरचना र पार्टीको पुनर्गठन नै हो।

अर्थतन्त्रको पुनर्संरचना र संविधान संशोधनमार्फत समाजवाद निर्माणतर्फ: माओवादी उपमहासचिव शर्माको चारबुँदे प्रस्ताव

शर्माले पार्टीभित्रको वैचारिक, राजनीतिक र सांगठनिक स्पष्टताका लागि विशेष महाधिवेशनको आवश्यकता औंल्याउँदै चार बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्।

उनले वर्तमान संकटग्रस्त आर्थिक, सामाजिक र राजनीतिक अवस्थाबाट मुलुकलाई निकाल्न ठोस नीति, संरचना र कार्यक्रम आवश्यक रहेको बताएका छन्।

अर्थतन्त्र, संविधान, शासन प्रणाली र पार्टी पुनर्गठनका विषयलाई समेटेर चारबुँदे प्रस्ताव अघि सारिएको हो।

शर्माले समाजवादउन्मुख अर्थतन्त्रलाई व्यवहारमा उतार्न नीतिगत रूपान्तरण आवश्यक भएको उल्लेख गरेका छन्।

उनले भने, ‘अर्थतन्त्रको पुनर्संरचनाले संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख धारालाई व्यवहारिक बनाउनेछ। उत्पादन, वितरण र समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत पुग्नेछ।’

उनका अनुसार, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमार्फत आत्मनिर्भर र सामाजिक न्याययुक्त समाज निर्माणको जग तयार हुनेछ।

शर्माले देशमा बढ्दो कुशासन, भ्रष्टाचार, कानुनी चलखेल र जनसरोकारका विषयप्रति बेवास्ताका कारण जनता निराश बनेको उल्लेख गरेका छन् ।

उनले समस्याको पहिचान गर्दै तीव्र सुधार कार्यक्रममार्फत जनताको विश्वास पुनःस्थापना गर्नुपर्ने बताए।

संविधान संशोधनको आवश्यकता औंल्याउँदै शर्मा भन्छन्, ‘शासकीय स्वरुप, निर्वाचन प्रणाली, पहिचान र आर्थिक पुनर्संरचना जस्ता विषयमा ठोस बहस र सुधार अपरिहार्य छ।’

उनले यी सुधारहरूले राष्ट्रलाई एकताबद्ध गर्ने कार्यमा टेवा पुर्‍याउने बताएका छन्।

पार्टीभित्र देखिएको वैचारिक अस्पष्टता, राजनीतिक अन्योल, सांगठनिक अराजकता र विधिविहीनता अन्त्य गर्न विशेष महाधिवेशन बोलाउनुपर्ने शर्माको तर्क छ।

‘नयाँ पुस्ताको भावना, सपना र चाहनालाई सम्बोधन गर्ने कार्ययोजना तयार गर्दै पार्टी पुनर्गठन गर्न विशेष महाधिवेशन अपरिहार्य भएको छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ८ : २३ बजे

आजपाका वरिष्ठ उपाध्यक्ष साह एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत 

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले

पूर्वराष्ट्रपतिले असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको ओलीको आरोप

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं– वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसद्को प्रतिनिधिसभाबाट

प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान संशोधन अब

पूर्वराष्ट्रपति निवासमा तीज विशेष कार्यक्रम (तस्बिरहरू)

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी निवास भंगालमा शुक्रबार तीज कार्यक्रम