भारतको आसाम प्रदेश र नेपाल ‘ए’को दोस्रो भिडन्त आज « Khabarhub

भारतको आसाम प्रदेश र नेपाल ‘ए’को दोस्रो भिडन्त आज


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो खेलमा पराजित भएको नेपाल ‘ए’ क्रिकेट टोलीले आसाम प्रदेश क्रिकेट संघसँग आज दोस्रो प्रतिस्पर्धा गर्दैछ।

अनिलकुमार शाहको कप्तानीमा रहेको नेपाल ‘ए’ टिमले भारतको गुवाहटीमा आसाम प्रदेश क्रिकेट टिमसँग आज दोस्रो टी-२० प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल नेपाली समय अनुसार बिहान ११ बजे गुवाहटीमा सुरु हुनेछ।

बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपाल आसामसँग डकवर्थ लुइस (डिएल) प्रणालीका आधारमा १५ रनले पराजित भएको हो। पहिलो हारसँगै नेपाल आसामसँग पाँच खेलको सिरिजमा १–० ले पछि परेको छ।

पहिलो खेलमा जितका लागि आसामले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याइरहेको नेपाल ‘ए’ ले आठ ओभरमा तीन विकेटको क्षतिमा ६४ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो। त्यसपछि खेल सम्भव नभएपछि आसाम विजयी भएको हो।

नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको नेपाल ‘ए’ टिममा अलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन्। नेपाल ‘ए’ टिममा यू–१९ टिममा उत्कृष्ट प्रदर्शन गरेका युवराज खत्री समेटिएका छन् । घाइते भएपछि कमब्याकको तयारीमा रहेका पवन सर्राफसमेत नेपाल ‘ए’ टिममा समेटिएका छन्।

ओपनर अनिलले राष्ट्रिय टिमबाट अस्ट्रेलिया भ्रमणमा मौका नपाएपछि ‘ए’ टिमको नेतृत्व पाएका हुन्। २६ वर्षीय अनिलले नेपालका लागि १४ टी–२० तथा १७ एकदिवसीय खेल खेलिसकेका छन् ।

क्यानका अनुसार यो भारत भ्रमण नेपाली खेलाडीका लागि अनुभव बटुल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी गर्ने अवसर हुनेछ। नेपाल ‘ए’ टिमलाई यो श्रृंखलाले भविष्यमा राष्ट्रिय टोलीमा प्रवेश गर्ने खेलाडीलाई आफूलाई प्रमाणित गर्ने प्लेटफर्म उपलब्ध गराउने अपेक्षा गरिएको छ।

क्यानले भारत भ्रमणका लागि विकेटकिपर ओपनर ब्याट्सम्यान शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको हो।

पाँच टी-२० प्रतिस्पर्धामा १-०ले पछाडि परेको नेपालले अब चार खेल खेल्नेछ। अब शनिबार,आइतबार र सोमबार खेल लगातार छन्।

नेपाल ‘ए’ टिम

नेपाल ‘ए’ टिममा कप्तान अनिलकुमार शाहसँगै अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल छन्।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ०५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको