मन्त्रिपरिषद्‌को बैठक बस्दै « Khabarhub

मन्त्रिपरिषद्‌को बैठक बस्दै


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार बिहान मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री ओलीको चीन भ्रमण अगाडि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री ओली यही भदौ १४ देखि १८ गतेसम्म चीनको तियानमिन सहरमा हुने एससिओको शिखर सम्मेलनमा सहभागी हुन शनिबार बिहान तियानमिन प्रस्थान गर्नेछन् । उनले सोही दिन साँझ चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठक लगत्तै दिउँसो १ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

यसैगरी, प्रधानमन्त्री ओली दिउँसो सवा ३ बजे राष्ट्रिय खेलकुद परिषद्को ३२औँ वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १० : ३६ बजे

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ– स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १८ गते शुक्रबार तदनुसार

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको