रेशम चौधरीको अभिव्यक्तिप्रति थरुहट थारूवान संघर्ष समितिको आपत्ति « Khabarhub

रेशम चौधरीको अभिव्यक्तिप्रति थरुहट थारूवान संघर्ष समितिको आपत्ति


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– थरुहट थारूवान संयुक्त संघर्ष समितिले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले थारू समुदायका नेताहरूविरूद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । 

नेपाल मगर संघका पूर्व अध्यक्ष स्व. गोरे बहादुर खपाङ्गी मगरको स्मृति दिवसको अवसरमा नेपाल मगर संघद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले दिएको अभिव्यक्तिप्रति संघर्ष समितिले आपत्ति जनाएको हो । 

मन्तव्यको क्रममा संरक्षक चौधरीले आफूलाई थारू नेताहरूले कारागार पठाएको अभिव्यक्ति दिएका थिए ।

 ‘मलाई थारू नेताहरूले झ्यालखाना पठाए भन्ने दिएको आरोपयुक्त अभिव्यक्ति प्रति थरुहट थारूवान संयुक्त सङ्घर्ष समितिको गम्भिर ध्यानाकर्षण भएको छ,’ संयोजक प्रेमीलाल चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

टीकापुर घटनाबारे गृशचन्द्र लाल संयोजकत्वको उच्चस्तरीय न्यायिक समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै सङ्घर्षरत थारू नेताहरूमाथि थरूहट आन्दोलनको मूल मर्म र भावनाविपरीत गम्भिर प्रहार गर्दै चौधरीले लगाएको निराधार आरोप कदापि सैह्य नहुने उनले उल्लेख गरेका छन् । 

चौधरी स्वयम् जेलमा रहँदासहित सम्पूर्ण राजबन्दीहरूको निःशर्त रिहाइका लागि सशक्त आवाज उठाउने थारू नेताहरूमाथि नै निराधार आरोप लगाउनु उनको राजनीतिक बेइमानी भएको संघर्ष समितिको ठहर छ । 

समितिले नाउपाका संरक्षक चौधरीलाई आफ्नो अभिव्यक्ति तुरुन्त फिर्ता लिएर सार्वजनिक रूपमै माफी माग्न भनेको छ । 

‘अब उप्रान्त यस किसिमको गैरजिम्मेवारी अभिव्यक्ति नदिन सचेत एवं सजग गराउँदै गलत आरोप सच्याई अभिव्यक्ति तुरून्त फिर्ता लिई सार्वजनीक रूपमै माफी माग्न थरुहट थारूवान संयुक्त संघर्ष समिति आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १० : ४८ बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,