चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त « Khabarhub

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

शुक्रबार मध्यान्ह बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो वरीयतामा रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा अगामी भदौ १८ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

यस्तोमा खापुङलाई नयाँ आईजीपी बनाइएको हो । नवनियुक्त आईजीपी खापुङले अगामी भदौ १९ गतेदेखि कार्यभार सम्हाल्ने छन् । खापुङको कार्यकाल अहिलेसम्कै छोटो रहनेछ । प्रहरी नियमावलीअनुसार उनी २६ कात्तिकमा अवकाशमा जानेछन् ।

यसअघि महानिरीक्षक थापाले आफ्नो कार्यकाल लम्ब्याउन जोडबल गरे पनि सफल हुन सकेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन् । चीन जानुअघि नै नयाँ आईजीपीमा खापुङलाई नियुक्त गरिएको हो ।

वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा १८ भदौ राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावलीमा उल्लेख ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाश जान लागेका हुन् ।

१९ भदौ २०५१ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका थापा ५ चैत २०८१ मा आईजीपी भएका थिए । उनी ६ महिना प्रहरी प्रमुख बने । अब खापुङले उनलाई विस्थापित गरेका छन् ।

खापुङ ३२ औँ आईजीपीका लागि आफ्नो ब्याचका एकल प्रतिस्पर्धी हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को निर्देशक रहेका खापुङले वर्तमान आईजीपी थापासँगै इन्स्पेक्टर भर्नामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : ४७ बजे

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना