तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन « Khabarhub

तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आलु प्रवर्द्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१-८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । 

कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। एउटा क्लष्टरमा कम्तीमा ३० रोपनी क्षेत्रफलमा आलु खेती गर्नुपर्ने हुन्छ । 

उक्त कार्यक्रमका लागि ९३ लाख ३० हजार बजेट विनियोजन गरिएको उनले बताए। यसका लागि प्रति समूहलाई ८० क्विन्टल किलो आलुको बीउ उपलब्ध गराइएको थियो । 

कार्यालय प्रमुख लामिछानेका अनुसार किसानलाई जनकदेव, एमएस र काडिनल जातको आलुको बीउ ७५ प्रतिशत अनुदानमा प्रदान गरिएको थियो । उनीहरूलाई खेती गर्न विभिन्न उपकरण समेत उपलब्ध गराएको उनले बताए। 
 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : २८ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो