गाजालाई चरणबद्ध रूपमा विलय गर्ने इजरायली अर्थमन्त्री स्मोट्रिचको प्रस्ताव « Khabarhub

गाजालाई चरणबद्ध रूपमा विलय गर्ने इजरायली अर्थमन्त्री स्मोट्रिचको प्रस्ताव


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचले हमासले निरस्त्रीकरण गर्न अस्वीकार गरेमा गाजा पट्टीलाई इजरायलमा विलय गर्नुपर्ने प्रस्ताव राखेको अल जजिराले बताएको छ ।

बिहीबार पत्रकार सम्मेलनमा स्मोट्रिचले भने, “यदि हमास आत्मसमर्पण गर्न, हतियार त्याग्न र इजरायली बन्दीहरूलाई रिहा गर्न तयार भएन भने, इजरायलले हरेक हप्ता गाजाको एक भाग कब्जा गर्दै चार हप्ताभित्र सम्पूर्ण नियन्त्रण लिनुपर्छ ।”

उनका अनुसार प्रारम्भमा प्यालेस्टिनीहरूलाई गाजाको दक्षिण भागतर्फ सर्न भनिनेछ, त्यसपछि इजरायलले उत्तर र केन्द्र क्षेत्रलाई घेराबन्दी गरी अन्ततः विलय गर्नेछ ।

स्मोट्रिचले यस प्रक्रिया तीनदेखि चार महिनाभित्र पूरा गर्न सकिने दाबी गर्दै भने, “यी कदमहरू वर्षको अन्त्यसम्म गाजामा ‘विजय’ हासिल गर्ने योजनाको हिस्सा हुन् ।”

इजरायली सेनाले गाजा सहरतर्फ गहिरो अग्रसर गर्दै करिब १० लाख प्यालेस्टिनीलाई विस्थापित गर्ने उद्देश्यले क्षेत्र कब्जा गर्ने प्रयासलाई तीव्र पारेको बेला उनको यो टिप्पणी आएको हो ।

यसबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत हप्ता इजरायलको आक्रमणले ‘ठूलो मृत्यु र विनाश’ निम्त्याउने चेतावनी दिएका थिए ।

उनले सैन्य आक्रमणलाई व्यापक रूपमा निन्दा गर्दै भने, “अनिकाल आउन लागेको होइन, यो अहिले भइरहेको विनाश हो । मानिसहरू भोकमरीका कारण मर्दैछन्, परिवारहरू विस्थापन र निराशाबाट टुक्रिँदैछन्, गर्भवतीहरूले अकल्पनीय जोखिम भोगिरहेका छन् र खाना, पानी तथा स्वास्थ्य सेवा जस्ता जीवनधारणका आधारभूत प्रणालीहरू व्यवस्थित रूपमा ध्वस्त पारिएका छन् ।”

गाजामा इजरायली नाकाबन्दीका कारण खाद्यान्न, पानी र अन्य मानवीय आपूर्तिको चरम अभाव भइरहेको छ ।

यसैबीच, हमासले स्मोट्रिचको टिप्पणीलाई कडा रूपमा अस्वीकार गर्दै भनेको छ, “उक्त अभिव्यक्ति हाम्रा जनतालाई उन्मूलन गर्ने आधिकारिक आह्वान हो र यसले भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्ने तथा निर्दोष नागरिकविरुद्ध घेराबन्दीलाई औपचारिक स्वीकार गरेको पुष्टि गर्दछ ।”

अल जजिराले उद्धृत गरेको विज्ञप्तिमा हमासले भनेको छ, “स्मोट्रिचको भनाइ कुनै एक व्यक्तिको चरमपन्थी विचार मात्र होइन, बरु लगभग २३ महिनादेखि लागु भइरहेको सरकारी नीतिको निरन्तरता हो । यसले विश्वसमक्ष कब्जाको वास्तविकता उजागर गरेको छ र गाजामा भइरहेको घटना सैन्य युद्ध होइन, बरु नरसंहार र सामूहिक विस्थापनको परियोजना हो भन्ने पुष्टि गरेको छ ।”

स्मोट्रिचले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफ्नो विलय योजना ‘तुरुन्तै पूर्ण रूपमा’ अपनाउन आग्रह गरेका छन् ।

नेतान्याहुले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् । तर यसअघि उनले इजरायलले ‘सम्पूर्ण गाजाको नियन्त्रण लिन’ र यस क्षेत्रलाई पुनः कब्जा गर्न सक्ने सङ्केत दिएको अल जजिराले उल्लेख गरेको छ । रासस

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : ५९ बजे

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व हुनेछ : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन