रञ्जिताले बोलाइन् केन्द्रीय सदस्य र निर्वाचित जनप्रतिनिधिको संयुक्त बैठक « Khabarhub

रञ्जिताले बोलाइन् केन्द्रीय सदस्य र निर्वाचित जनप्रतिनिधिको संयुक्त बैठक


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक किचलोमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संस्थापक केन्द्रीय सदस्यहरू र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको संयुक्त बैठक बोलाएको छ । 

अध्यक्ष रञ्जिता श्रेष्ठले संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखसहितको बैठक बोलाएकी हुन् । 

 उनले भदौ १५ र १६ गतेका लागि काठमाडौंको जमलस्थित होटल यलो प्यागोडामा बैठक आह्वान गरेकी छन् । अध्यक्ष श्रेष्ठका अनुसार भदौ १५ गते दिउँसो १ बजेबाट नाउपाको बैठक बस्ने छ । 

 बैठकका लागि ५ वटा एजेन्डाहरू तय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार बैठकमा समसामयीक राजनीतिक विषयसँगै पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा पार्टी अद्यावधिक र विविध विषयमा छलफल गर्ने एजेन्डाहरू छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : ११ बजे

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको