रञ्जिताले बोलाइन् केन्द्रीय सदस्य र निर्वाचित जनप्रतिनिधिको संयुक्त बैठक « Khabarhub

रञ्जिताले बोलाइन् केन्द्रीय सदस्य र निर्वाचित जनप्रतिनिधिको संयुक्त बैठक


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक किचलोमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संस्थापक केन्द्रीय सदस्यहरू र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको संयुक्त बैठक बोलाएको छ । 

अध्यक्ष रञ्जिता श्रेष्ठले संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखसहितको बैठक बोलाएकी हुन् । 

 उनले भदौ १५ र १६ गतेका लागि काठमाडौंको जमलस्थित होटल यलो प्यागोडामा बैठक आह्वान गरेकी छन् । अध्यक्ष श्रेष्ठका अनुसार भदौ १५ गते दिउँसो १ बजेबाट नाउपाको बैठक बस्ने छ । 

 बैठकका लागि ५ वटा एजेन्डाहरू तय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार बैठकमा समसामयीक राजनीतिक विषयसँगै पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा पार्टी अद्यावधिक र विविध विषयमा छलफल गर्ने एजेन्डाहरू छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : ११ बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,