राप्रपा र रास्वपालाई सभामुखले भने- संसद् असहमति अभिव्यक्त गर्ने स्थलमात्र होइन « Khabarhub

राप्रपा र रास्वपालाई सभामुखले भने- संसद् असहमति अभिव्यक्त गर्ने स्थलमात्र होइन


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख खेवराज घिमिरेले संसद्को बैठक सुरू हुनासाथ असहमति प्रकट गर्ने र बाहिरिने प्रवृत्तिले लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिकोणले दीर्घकालीन रूपमा हानिकारक सावित हुने बताएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरू भए लगत्तै प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले अवरोध गरेपछि उनले यस्तो बताएका हुन् ।  

‘यसरी बैठक सुरू हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीन रूपमा हानिकारक सावित हुनसक्छ,’ सभामुखले भने, ‘हामी भविष्यलाई के सन्देश दिइरहेका छौँ भन्ने विषयमा सबै सचेत रहनु आवश्यक छ । संसद् केवल असहमति अभिव्यक्त गर्ने स्थलमात्र होइन; राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि संघीयतासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रिया अघि बढेको भन्दै उनले विधेयकहरूमा सबै सांसदको गम्भीर र रचनात्मक बहस अपरिहार्य रहेको आवश्यकता औँल्याए ।

‘समितिहरूमा जस्तै सभामा पनि संसदको गर्भमा रहेका यी कानूनले सबै माननीयहरूको बहस खोजिरहेको महसुस गरेको छु,’ सभामुखले भने, ‘आज सम्माननीय प्रधानमन्त्रीले सभामा बोल्नका लागि समय लिनुभएको छ । सबै माननीयहरूलाई बैठकमा सहभागी हुन आग्रह गर्दछु ।’

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : २५ बजे

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको