एनपी साउदले भने- नेपालको कृषि निर्भर अर्थतन्त्र र उखुको उत्पादन चक्रका लागि चिन्ताजनक « Khabarhub

एनपी साउदले भने- नेपालको कृषि निर्भर अर्थतन्त्र र उखुको उत्पादन चक्रका लागि चिन्ताजनक


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले राष्ट्रिय हितअनुकुल हुने गरी चिनीको आपूर्ति सन्तुलनका लागि सरकारले दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिनिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले उद्योगी र किसानको हितलाई दृष्टिगत गर्दै चिनीको आपूर्ति सन्तुलनका लागि राष्ट्रिय हितअनुकुल हुने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
 
साउदले सरकारबाट प्रदान गरिने अनुदान रकम कटौती र बक्यौता रकमसमेत नपाउँदा किसानहरू फेरि माइतीघरमा धर्ना दिन बाध्य भएका स्मरण गराउँदै वर्तमान स्थिति नेपालको कृषि निर्भर अर्थतन्त्र र उखुको उत्पादन चक्रका लागि चिन्ताजनक भएको बताए । 

उनले उखु किसानहरूले विगतमा पाउँदै आएको उत्पादनमा आधारित कृषि अनुदान प्रति क्विन्टल ७० रुपैयाँ पुनः उपलब्ध गराउन र बक्यौता रकम भुक्तानी गर्न पनि सरकारसँग माग गरे । 

‘म सम्माननीय सभामुखज्यू मार्फत यस आर्थिक वर्षदेखि सरकारबाट घटाइएको अनुदान रकमको सट्टा विगत वर्षदेखि उपलब्ध गराउँदै आएको उत्पादनमा आधारित कृषि अनुदान प्रति क्विन्टल रू. ७० पुनः उपलब्ध गराउन र बक्यौता रकम भुक्तानी गर्न सरकारसँग जोडदार माग गर्दछु,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने । 

२०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आइरहेका उखु किसानहरू हरेक पटक आन्दोलनमा सरकारबाट समस्या समाधानको आश्वासन पाएपछि गाउँ फर्किने गरे पनि समस्या समाधान हुन नसकेको उनको भनाइ थियो । 

‘यही क्रममा २०७६ सालमा पुस १८ गते आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको सम्झौताअनुसार ‘उखु किसानलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५’ बनाइएको थियो,’ साउदले भने, ‘जुन हाल तेस्रो संशोधनसम्म पुगेको छ । तर सम्झौताबमोजिम यसको कार्यान्वयन नभएर अर्बौँ रुपैयाँ भुक्तानी नहुँदा किसानप्रति अन्याय मात्र नभई राज्यको विश्वसनीयता माथि नै प्रश्न उठेको छ ।’

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : ३२ बजे

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक

लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा

काठमाडौं – कोपा डेल रेको क्वार्टरफाइनलमा बार्सिलोना विजयी भएको छ।

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप

निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक