राप्रपाले भन्यो- लिपुलेकबारे सरकारले भारतका प्रधानमन्त्रीसँग वार्ता गरोस् « Khabarhub

राप्रपाले भन्यो- लिपुलेकबारे सरकारले भारतका प्रधानमन्त्रीसँग वार्ता गरोस्


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा पुनः प्रयोग गर्ने गरी भएको सहमतिबारे सरकारसँग दुवै मुलुकसँग प्रधानमन्त्रीस्तरीय वार्ता गर्न माग गरेको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत र चीनसँग प्रधानमन्त्रीस्तरीय वार्ता गर्न आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू छिमेकी राष्ट्र चीन र भारत भ्रमणमा जाँदै हुनुहुन्छ भन्ने कुरा सुनेको छु,’ उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे भारत र चीनसँग प्रधानमन्त्री स्तरीय वार्ता गर्नुपर्छ । र यो वार्ता गर्न हामी अपील गर्दछौँ ।’

उनले लिपुलेक-लिम्पियाधुराबारे संयुक्त राष्ट्रसंघमा किन कुरा नउठाइएको नेर सरकारलाई सोधे । ‘यो विषय संयुक्त राष्ट्रसंघमा उठाइयोस् । तर अहिलेको सरकार पोलियो रोग लागेको मान्छे जस्तै रहे छ’, उनले भने ।

उनले उखु किसानको माग सम्बोधन गर्न नसक्ने दुईतिहाइको सरकारलाई कमजोरको संज्ञा दिए । उनले गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भिजिट भिसामा ९० दिन हुन लाग्दा पनि छानबिन नभएको बताए ।

‘हामीले आन्दोलन गरेको ९० दिन हुन लागिसक्यो । हामी आन्दोलन गर्नेलाई भन्दा हेर्नेलाई लाज भइसक्यो’, उनले भने, ‘भिजिट भिसासम्बन्धी अपराधमा छानबिन हुनैपर्छ ।’

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : ३० बजे

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि